१५ फाल्गुन २०८२, शुक्रबार | February 27, 2026

मनसुनी वर्षा मध्य र पश्चिम भेगतिर सक्रिय



काठमाडौं । लगातारको मनसुनी वर्षा फेरि नेपालको मध्य र पश्चिम भेगमा केन्द्रित भएको छ । जेठ २८ गतेबाट सुरु भएको मनसुनी वर्षाले निरन्तरता लिँदै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आफ्नो चक्र दोहोर्‍याएको हो ।

मङ्गलबार रातिदेखि यी क्षेत्रमा मध्यमदेखि भारी वर्षा सुरु भएको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस भेगमा वर्षाको क्रम दोहोरिएसँगै बाढी पहिरोको सम्भावना बढेको छ । यसका कारण पहाडी भूभाग र तटीय क्षेत्रका बासिन्दामा त्रास पैदा हुन थालेको छ ।

पूर्वी भेग हुँदै मनसुन भित्रिए पनि मध्य र पश्चिमका प्रदेशमा यसअघिको एक सातामा अधिक स्तरसम्मको वर्षा भएको थियो । अझ यो क्रम केही दिन जारी रहने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

उनका अनुसार बिहान आकाश खुलेजस्तो भए पनि दिन ढल्दै जाँदा बादलले आकाश ढाकेर पानी पार्ने गरेको छ । बिहीबार बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

त्यस्तै शुक्रबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही भेगमा भारी वर्षा र लुम्बिनी, गण्डकी प्रदेशमा मध्यम र हल्का वर्षाको आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । मध्य, पश्चिम र पूर्वका केही भेगमा केन्द्रित मनसुनी बादलका कारण हुने वर्षाले यस भेगका ठूला तथा साना नदीमा बाढी आउने भएको छ ।

कन्काई, कोसी, कमला, बागमती जलाधार क्षेत्रका नदीहरूमा आकस्मिक बाढी र बहाव बढ्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

बाढीपहिरोले २३ को मृत्यु

जेठ २८ गते यताको मनसुनी वर्षाका कारण आएको बाढीपहिरोबाट हालसम्म २३ जनाको मृत्यु भएको छ । त्यस्तै बाढीपहिरोमा परेर २४ जना अझै बेपत्ता छन् । बाढीपहिरोजन्य विपद्मा परेर ९३ जना घाइते भएका छन् ।

सबैभन्दा धेरै सिन्धुपाल्चोकमा बाढीले बगाएकामध्ये पाँच जनाको मृत्यु भएको पुष्टि केन्द्रले गरेको छ । पछिल्लो समय रोल्पामा पहिरोले पुरेर तीन जनाको मृत्यु र तीन जना घाइते भएका जनाइएको छ ।

बाढीपहिरो र अविरल वर्षाका कारण जनजीवन प्रभावित हुने क्रम बढ्दै गएको गृह मन्त्रालयस्थित राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । यी विपत्का कारण ३२९ वटा निजी घर पूर्ण रूपले क्षतिग्रस्त बनेका छन् भने १०७ वटा घरमा आंशिक क्षति पुगेको छ ।

राजमार्ग अवरुद्ध

बाढीपहिरोका कारण देशका विभिन्न ११ वटा राजमार्ग अवरुद्ध भएका छन् । बुधबारदेखि पासाङ ल्हामु राजमार्ग अवरुद्ध बनेको हो । असार ५ गते पहिरोका कारण सडक अवरुद्ध भएपछि अरनिको राजमार्गको कोदारी सडक र ९ गतेबाट जुरे सडकखण्ड पहिरोले अवरुद्ध छ ।

त्यस्तै बेँसीसहर-मनाङ राजमार्ग पनि दुई स्थानमा बाढीपहिरोले अवरोध आएका कारण अवरुद्ध छ । त्यस्तै कर्णाली राजमार्ग, सिमकोट-हिल्सा सडकखण्ड, सल्यानको राप्ती राजमार्ग, बाजुराको साँफे-मार्तडी सडकखण्ड र मार्तडी-कोल्टी सडकखण्ड पनि कतै बाढीले सडक कटान गरेर त कतै पहिरोका कारण अवरुद्ध छ । त्यस्तै दार्चुला गोक्लेधर सडकखण्ड पनि अवरुद्ध भएको छ । आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  ७ : ३९ बजे

संविधानलाई सही बाटोमा ल्याउन सबै राजनीतिक शक्ति एकजुट हुनुपर्छ : निधि

धनुषा । नेपाली कांग्रेसका नेता एवं धनुषा निर्वाचन क्षेत्र नं

निर्वाचन दुई अतिवाद विरुद्धको संघर्ष हो, नेकपा पहिलो पार्टी बन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले

भ्रष्टाचार प्रकरणमा आप प्रमुख अरविन्द केजरीवाललाई अदालतको क्लिनचिट

नयाँ दिल्ली। दिल्लीका पूर्व मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का

आगामी वर्षको कर नीतिबारे सुझाव दिन राजस्व परामर्श समिति गठन

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट निर्माण प्रक्रिया

भड्किला भाषणले देश बन्दैन, समस्या समाधानका लागि कानुन सुधार आवश्यक छ : सभापति थापा

बुटवल । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले भड्किला र उत्तेजक