२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : ब्राजिलद्धारा कोलम्बिया पराजित



काठमाडौं । कोपा अमेरिका फुटबलमा आज बिहान भएको खेलमा ब्राजिलले कोलम्बियालाई २-१ ले हराएको छ ।

समूह ‘बि’ को शिर्ष स्थानमा रहेको ब्राजिलको जितमा क्यासेमिरोले इन्जुरी समयमा गरेको गोल निर्णायक बन्यो । खेलको १० औं मिनेटमै कोलम्बियाका लुइस डियाजले गोल गर्दै टोलीलाई अग्रता दिए ।

तर ७८ औं मिनेटमा ब्रािजलका रोबर्टो फर्मीनोले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् । क्यासेमिरोले अन्तिम मिनेटमा ब्राजिलका लागि विजयी गोल गरे ।

आजै बिहान भएको अर्को खेलमा इक्वेडर र पेरुले २-२ गोलको बराबरी खेलेका छन् । खेलमा पेरुका रेनाटो तापियाले आत्माघाति गोल गरेपछि इक्वेडरले अग्रता लियो ।

४५ औं मिनेटमा प्रेसियाडोले एक गोल थपेपछि इक्वेडरको अग्रता दोब्बर भयो । दोस्रो हाफमा पेरुका लापाडुला र क्यारीलोले एक एक गोल गरेपछि खेल बराबरीमा टुंगिएको हो ।

प्रकाशित मिति : १० असार २०७८, बिहिबार  १० : ५८ बजे

मधेशका मुख्यमन्त्रीको शपथग्रहण आज

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद

धादिङको चालिसेमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु, ६८ घाइते

काठमाडौं । धादिङको धुनीवेशी नगरपालिका-६, चालिसेमा भएको भीषण सवारी दुर्घटनामा

गोवाको एक नाइट क्लबमा भीषण आगलागी हुँदा २५ जनाको मृत्यु

गोवा । भारतको गोवास्थित एक चर्चित नाइट क्लबमा भीषण आगलागी

बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत मर्मतपछि सञ्चालनमा

काठमाडौं। नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी चिलिमे जलविद्युतको अगुवाइमा रसुवामा

आज अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस

काठमाडौं । ‘सुरक्षित आकाश’ नाराका साथ आज अन्तरराष्ट्रिय नागरिक उड्डयन