२३ भदौ २०८३, मंगलबार | September 8, 2026

अन्याय अनुभूत सुनिन्छ, सरुवा, बढुवा र थमौती गराउन कोही पुलिस मकहाँ नआओस् : गृहमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिएका छन् । शुक्रबारबाट गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले अन्यायको अनुभूत लागेर आउने जो कोहीको सुनुवाइ भएपनि सरुवा, बढुवा र थमौतीको लागि आफुकहाँ नआउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।’ पौडेलले भने ।

उनले आफूलाई नतिजा चाहिएको बताउँदै जवाफदेही भएर काम गर्न सकल दर्जाका प्रहरीलाई आग्रह गरे । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उनले भने, ‘नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

उनले प्रहरी संगठनका प्रमुखहरु आ आफ्नो हैसियतले गर्नुपर्ने कामका निम्ति स्वतन्त्र रहेको उल्लेख गर्दै मन्त्रीको हैसियतले गर्नुपर्ने निर्णय, निर्देशनका लागि आफु जवाफदेही÷जिम्मेवार रहेको बताए ।

पौडेलले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि निर्देशन दिए।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५१ बजे

एसिसी प्रिमियर कपः नेपाल हङकङविरुद्ध भिड्दै

काठमाडौं । मलेसियामा जारी एसिसी प्रिमियर कप २०२६ मा समूह

कृष्णभीरको अवरोधले लमजुङ-काठमाडौं यात्रा कष्टकर

लमजुङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि लमजुङ-काठमाडौं यात्रा

आज ‘जेन्जी’ सहिद दिवस : सार्वजनिक बिदा

काठमाडौं । आज ‘जेन्जी’ सहिद दिवस मनाइँदै छ । गत

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं