१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

अन्याय अनुभूत सुनिन्छ, सरुवा, बढुवा र थमौती गराउन कोही पुलिस मकहाँ नआओस् : गृहमन्त्री पौडेल



काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विष्णुप्रसाद पौडेलले सरुवा, बढुवा तथा थमौतीका लागि आफूकहाँ नआउन निर्देशन दिएका छन् । शुक्रबारबाट गृहमन्त्रीको रुपमा कार्यभार सम्हालेका पौडेलले अन्यायको अनुभूत लागेर आउने जो कोहीको सुनुवाइ भएपनि सरुवा, बढुवा र थमौतीको लागि आफुकहाँ नआउन निर्देशन दिएका हुन् ।

गृहमन्त्री पौडेलले गृह प्रशासन र प्रहरीमा कुनै हस्तक्षेप नगर्ने बताउँदै नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न प्रहरी प्रशासन स्वतन्त्र रहेको बताए । सुरक्षा निकायका प्रमुखलाई मन्त्रीले कुनै प्रकारको हस्तक्षेप गर्दैन ।’ पौडेलले भने ।

उनले आफूलाई नतिजा चाहिएको बताउँदै जवाफदेही भएर काम गर्न सकल दर्जाका प्रहरीलाई आग्रह गरे । ‘साँच्चै अन्याय अनुभूत गरेर आउँछ भने त्यो उजुरी सुन्नका लागि म तयार छु,’ उनले भने, ‘नभए प्रमोसन, थमौती, सरुवा–बढुवाका निम्ति एउटा पुलिस मकहाँ नआओस् ।’

उनले प्रहरी संगठनका प्रमुखहरु आ आफ्नो हैसियतले गर्नुपर्ने कामका निम्ति स्वतन्त्र रहेको उल्लेख गर्दै मन्त्रीको हैसियतले गर्नुपर्ने निर्णय, निर्देशनका लागि आफु जवाफदेही÷जिम्मेवार रहेको बताए ।

पौडेलले अदालतमा भएका मुद्दा र वर्तमान राजनीतिक परिस्थितिको प्रभावमा नपरी आफ्नो काम गर्न पनि निर्देशन दिए।

प्रकाशित मिति : ११ असार २०७८, शुक्रबार  ५ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा