१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

सोनियाले प्राप्त गरिन् ओलम्पिक वाइल्ड कार्ड



काठमाडौं । नेपाली जुडो खेलाडी सोनिया भट्टले टोकियो ओलम्पिक २०२० का लागि वाइल्ड कार्ड प्राप्त गरेकी छन ।

यसका साथै अहिलेसम्म टोकियो ओलम्पिकमा सहभागी हुने खेल पाँच पुगेको छ । पौडी, एथलेटिक्स, सुटिङ्ग, तेक्वान्दो र जुडोले ओलम्पिकमा सहभागिता जनाउने भएको हो ।

पौडी र एथलेटिक्समा अनिवार्य सहभागी हुने भएता पनि सुटिङ्ग, तेक्वान्दो (पारा) र जुडोले वाइल्ड कार्डमार्फत सहभागिता जनाउने भएको हो ।

सोनियाले ४८ केजीमुनिको प्रतिस्पर्धामा सहभागिता जनाउने नेपाल ओलम्पिक कमिटिका सचिव एवं नेपाल जुडो सङ्घका अध्यक्ष दीपक हर्ष बज्राचार्यले जानकारी दिए । उनले दुई खेलाडी इन्द्रबहादुर श्रेष्ठ र सोनियाका लागि पहल गरिएकामा सोनियाले वाईल्ड कार्ड प्राप्त गरेको बताए ।

नेपाल पुलिसमा आबद्ध सोनिया हालै नेपालमा सम्पन्न १३औं दक्षिण एशियाली खेलकूदकी कास्य पदक विजेता खेलाडी हुन । सोनियाले २०१९ मा बङ्गलादेशमा आयोजना भएको जुडो च्याम्पियनसिपमा क्याडेटतर्फ ४४ केजीमा स्वर्ण पदक प्राप्त गरेकी थिइन ।

सन् २०१९ मा मोरक्कोमा आयोजना भएको विश्व जुनियर च्याम्पियनसिपमा एक बाउट जित निकाल्दै २०० अङ्क बटुल्न सफल भएका कारण त्यसैलाई र अन्य प्रतिस्पर्धामा उनले देखाएको प्रदर्शनलाई आधार मानेर वाइल्ड कार्ड प्राप्त गर्न सफल भएको अध्यक्ष बज्राचार्यले जानकारी दिए ।

सोनिया ओलम्पिकमा सहभागिता जनाउने जुडोकी पाँचौ खेलाडी भएकी छन । यसअघि जुडोबाट १९८८ सिओल ओलम्पिकमा ऋषिराम प्रधान र गङ्गाबहादुर डङ्गोलले सहभागिता जनाएका थिए । यस्तै चीनको बेइजिङ्ग ओलम्पिकमा देवु थापा र रियो ओलम्पिकमा फुपूल्हामु खत्रीले सहभागिता जनाएका थिए ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ८ : ०६ बजे

खाना बनाउँदा बेहोस भएका निर्वाचन प्रहरीको मृत्यु

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन प्रहरीसहित दुई जनाको मृत्यु भएको छ

सोविता गौतमले आदिवासी जनजातिमाथि लाञ्छना लगाएको भन्दै जनजाति महासंघको आपत्ति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की नेतृ तथा चितवन क्षेत्र

भक्तपुरबाट हतियारसहित एक जना पक्राउ

भक्तपुर । सशस्त्र प्रहरी बल इन्टेलिजेन्ट ब्यूरोको टोलीले सूर्यविनायक नगरपालिका–८

छुट्टाछुट्टै सवारी दुर्घटनामा १५ जनाको मृत्यु

काठमाडौं । देशका विभिन्न भागमा सोमबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा

सुकेधारा र नैकापमा रोकेर राखिएको गाडीमा आगजनी

काठमाडौं । काठमाडौँका विभिन्न दुई स्थानमा दुईवटा गाडी माथि आगजनी