६ बैशाख २०८१, बिहिबार | April 19, 2024

जेनेरेसन ग्याप र साईक्लिङ : राईडर बाउछोरा



बुटवल । कालिकानगरका राजु तिवारी (४३ वर्ष) र छोरा पारस तिवारी (१८ वर्ष) दैनिक बिहान साँझ साईक्लिङ गर्दछन । एक वर्ष अघिसम्म एउटै साईकल बिहान साँझ पालो गरेर चलाउने बुबाछोरा अहिले भने आआफनै साईकलमा कुद्छन् । बुबाको जाईन्ट छ भने छोरा पारस जेनिसमा हिँडछन । एसएलसी दिएर तिलोत्तमा कलेजमा कक्षा ११ मा भर्ना भएको पारस विद्यालय पनि साईकलमा जान्छन । ‘दैनिक जीवनमा पनि साईकललाई जोड दिएको छु’– उनी भन्छन् । कोभिड १९ संक्रमण र निषेधाज्ञा भएपछि भने कलेज बन्द हुँदा बिहान साँझ साईकल चलाउदै आएको उनी बताउँछन् । युवा पुस्ताले बाईकका नयाँनयाँ ब्राण्ड मन पराउने गर्छ । पारस भने साईकललाई आफनो उपयुक्त साधन मान्छन् । ‘सुरुसुरुमा साईकलमा कलेज जाँदा धेरै साथीले उनलाई घुर्ने गर्दथे’– उनले आफनो अनुभव सुनाए । राईड टु रानीमहल, बुटवल कोरा, लुम्बिनी राईट लगायतमा उनि सहभागी भएका छन । दिउसको खालीसमय बुबालाई पसलमा सघाउने र अन्य समय पढाईमा उनि ब्यस्त रहन्छन ।

पारसजस्तै कालिकानगरका ४४ वर्षीय रविलाल सुवेदीको बिहानी २ घण्टाको समय साईकलमै बित्छ । आफनै व्यवसायमा रमाएका सुवेदी समय निकालेर बिहान साईकल चलाउँछन । शारीरिक रुपमा हेर्दा खाईलाग्दा देखिने उनी मानसिक र शारीरिक रुपमा स्वस्थ्य छन् । ‘अरु व्यायम भन्दा साइक्लिङमा धेरै फाइदा छ’– उनी भन्छन् । उनीसँगै १८ वर्षका उनका छोरा बिसु सुवेदी पनि साईक्लिङ भनेपछि हुरुक्क हुन्छन् । साँझबिहान दैनिक बाउछोरा नै साईक्लिङ गर्ने गर्छन् । न्यु होराइजनमा अध्ययन गर्ने उनी साईकलमै विद्यालय जान्छन् । पछिल्लो समय गत वैशाखमा आयोजना गरिएको विश्व पृथ्वी दिवसको कार्यक्रममा उनी सहभागी भएका थिए । छोरासँग साईकल चलाउँदा उनीहरुको ईच्छा, चाहना बुझन सहज हुने सुवेदीको भनाई छ । साथीभाई झंै सम्बन्ध बिस्तार हुँदा यसले दुई जेनेरेसन बीचमा भएको ग्याप हटाउन समेत फाइदा मिलेको दाबी गर्छन् ।

कालिकानगरका ४८ वर्षीय दिपक कार्कीको बाउछोरा पनि साईक्लिङमा रमाउँछन । दैनिक ३० देखि ४० किलोमिटर हिँड्ने उनीहरु साईकलबाट धेरै फाईदा मिलेको बताउँछन । बुबाहरुको समुह बिहान साईक्लिङ गर्ने गर्दछन् भने साँझको समयमा छोराहरु साईकल चलाउने गर्छन् । ‘छोराहरु बढिजसो साझ साईक्लिङमा जान्छन्’– दिपकले भने । दिपेश कार्की (२० वर्ष)ले साईकलबाट एकअर्कामा साथीभाई भेट हुने र रमाईलो कुराहरु पनि हुने बताए । मोबाईल र टिभीमा बिताउने थोरै समय साईकल चलाउँदा यसबाट आफै वरपरका धेरै जानकारी पाउने र धेरै अनुभव लिन सकिने उनी बताउँछन् ।

तिलोत्तमाका डम्बर तिवारी र शंकर तिवारीका बाउछोरा पनि दैनिक साईकल चलाउँछन् । बिहानबेलुका साईकल गर्ने गर्दा धेरै फाईदा मिलेको डम्बर तिवारीको अनुभव छ । सुरुमा २५ हजार रुपैया मूल्यका साईकल चढेका डम्बर अहिले डेढ लाखको साईकल चढेका छन् । ‘चलाउदै र बुझदै जाँदा बिस्तारै राम्रो र चलेको कम्पनीका साईकल राम्रो लाग्यो’– उनले भने । यो पनि एउटा नशा जस्तै भएको उनी बताउँछन् । उनी भन्छन्, ‘एकपटक राम्रो मुल्यको साईकल किनेपछि त्यो दीर्घकालिन हुन्छ ।’ रुपन्देहीमा महंगो साईकल चढ्नेहरुको संख्या बढेको भएपनि यसको मर्मत र पार्ट नपाईने गरेको उनी बताउँछन् ।

कालिकानगरका उत्तम श्रेष्ठ र उत्कृष्ट श्रेष्ठको बाउछोरा पनि दैनिक ५० किलोमिटरभन्दा बढी साईकल चलाउछन । बुटवलमा कुनै बेला फुटबलका राम्रा खेलाडी उत्तम खुट्टाको समस्या भएपछि फुटबलबाट टाढा भए । बीचमा केही समय दुब्र्यसनमा समेत फसेका उनी साईकलबाट जीवन चिनेको बताउँछन । साईक्लिङ गर्दा साथीभाईहरुसँग भेट्ने र एकान्त हट्ने उनी बताउँछन् । ‘मानसिक तनाव कम गर्न सहयोग गर्दछ’– उनले भने । छोरा उत्कृष्ट पनि बुबासँगै लामो साईक्लिङ मन पराउँछन् । अघिल्लो वर्ष बुटवल, भैरहवा, त्रिवेणी राइड गरेको उनि शिवरात्रीको अवसरमा नेपाली सेनाले पर्सामा आयोजना गरेको ६० किलोमिटरको जंगल राईडमा समेत सहभागी भए । रुपन्देही र बाहीर हुने अधिकाश राईडहरमा बुबाछोराहरुको यो समुह सहभागी हुने गर्दछन् ।

लक्ष्मीनगरका ५१ वर्षका गणेश श्रेष्ठ र उनका १३ वर्षका दुई जुम्ल्याहा छोराहरु जिसन र मिसन पनि नियमित साईक्लिङ गर्दै आएका छन । करीब डेढ वर्षअघिबाट सुरु भएको हो ।रुपन्देहीका सबैजसो क्षेत्रमा साईकलबाट पुगेका उनीहरु विभिन्न अभियानका कार्यक्रममा पनि सहभागी हुँदै आएका छन । चितवनमा अघिल्लो वर्ष माघमा राईड टु सोमेश्वरगढी २०२१ मा सहभागी भए । देशभरका राईडरहरुसँग घुलमिल हुन पाउदा धेरै रमाईलो भएको उनको अनुभव सुनाए । साईकलबाट पर्यावरणसँगै पर्यटन प्रर्वद्धन हुनसक्ने उनको धारणा छ । यसमा सरकारको ध्यान जानुपर्ने उनले सुझाव दिँदै साईकलमैत्री सडक, नीति ल्याउनुपर्ने बताए ।

साईक्लिङ स्वस्थ्यका लागि एकदमै सकारात्मक रहेको चिकित्सकहरु बताउँछन । साईकल चलाउँदा केवल खुटाको मात्र नभई सम्पूर्ण शरीरको भागको राम्रो ब्यायाम हुन्छ । शरीरलाई फुर्तिलो बनाउन मद्दत पुग्छ । नेपालमा नीजि क्षेत्रबाट थोरै भएपनि साईकलका अभियान चलिरहेको छ । तर यसका लागि सरकारबाट साईकल नीति ल्याएर साईकलमैत्री पूर्वाधार र पर्यटनमा जोड्न सक्नुपर्छ । जसबाट पर्यावरणीय संरक्षण गर्न समेत मद्दत मिल्नेछ ।

प्रकाशित मिति : १२ असार २०७८, शनिबार  ९ : २९ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी