४ पुस २०८२, शुक्रबार | December 19, 2025

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध



काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै फाखेल-फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग पहिरोले शनिबारदेखि नैअवरुद्ध बनेको हो ।

यस्तै, हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी-दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ ।

वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन ।

हेटौँडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

यसैगरी कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ५६ बजे

योजना र नतिजा विश्लेषण बिनाको खर्चले राज्यप्रति विश्वास घट्यो : उद्योगमन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले योजना, प्राथमिकता

शुक्रबार सुनको मूल्य तोलामा २ हजारले घट्यो

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा २ हजार

रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही अदालत जाँदै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहाइको प्रक्रिया

नेपालगन्जमा शनिबारदेखि ‘क्रस बर्डर टुरिज्म कन्क्लेभ-२०२५’ हुँदै

नेपालगन्ज । बाँकेको नेपालगन्जमा शनिबार ‘नेपालगन्ज क्रस बर्डर टुरिज्म कन्क्लेभ

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट । चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका-१० स्थित