२८ फाल्गुन २०८२, बिहिबार | March 13, 2026

हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने सडक अवरुद्ध



काठमाडौं । हेटौंडाबाट काठमाडौं प्रवेश गर्ने छोटो दूरीको दुवै सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।

अविरल वर्षासँगै आएको बाढी र पहिरोले हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै फाखेल-फर्पिङ भएर काठमाडौं प्रवेश गर्ने मार्ग पहिरोले शनिबारदेखि नैअवरुद्ध बनेको हो ।

यस्तै, हेटौंडा-भीमफेदी-कुलेखानी हुँदै सिस्नेरी-दक्षिणकाली भएर काठमाडौं प्रवेश गर्ने मार्गसमेत पहिरोका कारण अवरुद्ध बनेको छ ।

वर्षा नरोकिएको र पहिरो झर्ने क्रम चलिरहेका कारण अवरुद्ध सडक आइतबार बिहानसम्म पनि सञ्चालन हुन सकेको छैन ।

हेटौँडा-भीमफेदी-कुलेखानी सडक खण्डको भीमफेदी गाउँपालिका वडा नं. ६ स्थित चिसापानीगढी नजिकैको साउनेपानी खोल्चामा ठूलो पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।

यसैगरी कुलेखानी-सिस्नेरी-दक्षिणकाली सडक खण्डको इन्द्रसरोवर गाउँपालिकाका २ स्थित छपारेमा पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।

प्रकाशित मिति : १३ असार २०७८, आइतबार  ६ : ५६ बजे

मेयर कप क्रिकेटमा लायन किङ्स विजयी

‎नेपालगन्ज । नेपालगन्जमा जारी नेपालगन्ज मेयर कप पुरुष क्रिकेट प्रतियोगिता

निर्वाचन प्रहरीको बिदाइ

काठमाडौँ । यही फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य

खाना पकाउने ग्यास अवदेखि आधा मूल्यमा आधा सिलिण्डर

काठमाडौं । नेपाल आयल निगमले खाना पकाउने ग्यास आधा मूल्यमा

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी । राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि

बुटवल र सैनामैनामा वायु प्रदूषण न्यूनीकरण गर्न ‘स्वच्छ हावा’ कार्यक्रम

बुटवल । रुपन्देहीका २ वटा स्थानीय तहमा ‘आमा तथा नवजात