२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पदाधिकारी आएसँगै लोकसेवामा बढुवा प्रक्रिया सुरु



काठमाडौं । विभिन्न मन्त्रालय, निकाय र प्रदेशहरूमा लामो समयदेखि विभिन्न सेवा समूहका गरी आठ सचिव पद रिक्त रहँदै आएको छ ।

प्रशासन सेवाका पाँच, इन्जियरिङ सेवाका दुई र वन तथा कृषि सेवाका १ गरी ८ सचिव पद रिक्त रहे पनि समयमा नै पदपूर्ति हुन नसक्दा ती निकायका महŒवपूर्ण काम प्रभावित हुँदै आएको छ ।

लोकसेवा आयोगमा तीन महिनादेखि पदाधिकारी नहँुदा सचिव बढुवा प्रक्रिया अवरुद्ध रहँदै आएको थियो । लोकसेवामा पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको हो । समयमा नै पदपूर्ति नहुँदा सचिव बढुवाको मुखमै रहेका वरिष्ठ सहसचिव मर्कामा पर्दै आएका थिए ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले भने आइतबारदेखि सचिव बढुवा प्रक्रिया सुरु गरिएको जानकारी दिएको छ । ‘लोकसेवाका पदाधिकारी आएसँगै सचिव बढुवा प्रक्रिया सुरु भएको छ, अब छिट्टै योग्यताक्रममा रहेका सहसचिवहरू सचिवमा बढुवा हुनेछन् । ’संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका एक उच्च अधिकारीले राजधानीसँग भने । सचिव बढुवा सिफारिस समितिको अध्यक्ष लोकसेवा आयोगको अध्यक्ष रहेन कानुनी प्रावधान छ ।

आइतबार मात्रै लोकसेवा आयोगका नवनियुक्त अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा सचिव बढुवा सिफारिस समितिको बैठक बसेर बढुवा प्रक्रिया अघि बढाएको हो । अब बढुवा सिफारिस समितिले योग्यता र जेष्ठताका आधारमा सचिव बढुवा प्रक्रियालाई द्रुत गतिमा अघि बढाइने तयारी गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रपति कार्यालय, उपराष्ट्रपति कार्यालय, कर्णाली प्रदेश, गण्डकी प्रदेशमा प्रशासन तर्फका पाँच सचिव पद रिक्त अवस्थामा छ । यसैगरी, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डेको १७ असारमा अवकाश हुँदै छ । उनको पदका लागि समेत बढुवा प्रक्रिया छिटै थालिने भएको छ ।

यस्तै, कृषि तथा पशु विकास मन्त्रलायका पशु विकासतर्फ १ सचिव पद रिक्त छ भने इन्जिनियरिङतर्फ राष्ट्रिय पुनर्निर्माण प्राधिकरण र खानेपानी मन्त्रालयमा सचिव पद रिक्त रहेको छ । सचिव बढुवा प्रक्रियासँगै प्रशासन सेवाका ६ जना सहसचिवहरू अब छिट्टै सचिवमा बढुवा हुने भएका छन् । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : १४ असार २०७८, सोमबार  ६ : ३९ बजे

मधेस प्रदेशमा एमाले नेतृत्वको सरकारले गरेको सम्पूर्ण निर्णय बदर

काठमाडौं । मधेस प्रदेश सरकारले कात्तिक २३ गतेदेखि मंसिर १७

प्रधानमन्त्रीद्वारा निर्वाचनको वातावरण बनाउन भूमिका खेलिदिन पूर्वराष्ट्रपति भण्डारीलाई आग्रह

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण

हेटौंडा सडक विस्तार कार्य तत्कालका लागि स्थगित

काठमाडौं । सडक डिभिजन कार्यालय हेटौँडाले सर्वोच्च अदालतबाट मंसिर १९

सिंहदरबारका क्षतिग्रस्त संरचना चाँडै पुनःनिर्माण हुनेमा पूर्वराष्ट्रपति भण्डारीको विश्वास

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गत भदौ २४ गतेको आन्दोलनका

कर्णालीले जनकपुरलाई दियो १३० रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो संस्करणमा कर्णाली याक्सले