७ पुस २०८२, सोमबार | December 22, 2025

प्रधानमन्त्रीका वकिललाई प्रधान न्यायाधिशको प्रश्नै प्रश्न



काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर प्रधानमन्त्रीका कानुन व्यवसायी अग्नी खरेललाई प्रश्नमाथि प्रश्न गरेका छन् । संवैधानिक इजलासमा आजको सुनुवाइमा जबराले पूर्व न्यायाधिवक्ता समेत रहेका अधिवक्ता खरेललाई लगातार प्रश्न गरेका हुन् । जबराले बहसको शुरुमै कांग्रेस सभापति शेर बहादुर देउवाले स्वतन्त्र सांसद सहित १ सय ४९ जनाको समर्थन लिएर प्रधानमन्त्रीमा दावी गर्दा ‘के गल्ति गर्नुभयो ?’ भनेर प्रश्न गरेका थिए ।

त्यस लगत्तै प्रधानन्यायाधीशले धारा ७६ (५) मा दलले मात्र सरकार बनाउने हो भने, संसदमा स्वतन्त्र हैसियतमा रहेका ४ जना सांसदको भुमिका के हुने ?भन्नेबारे जबराले स्पष्टता खोजे । त्यसपछि फेरि जबराले इजलासमा स्वतन्त्र सांसदको भुमिकामा हुनेहरुको हकमा उपधारा ५ ले स्वतन्त्र रुपमा आउने अवसर दिएको छ की छैन ? शेरबहादुर देउवाको हकमा दुई पार्टीको हकमा समर्थन भयो अरु स्वतन्त्र रुपमा गए, उपधारा ५ र २ को व्यवस्थामा भिन्नता चाहिँ केहो ? लगातार प्रश्न गरिरहे ।

जबराको खरेललाई अर्को प्रश्न थियो–‘उपधारा ५ को सरकारमा दावी गरेर निवेदन परेपछि राष्ट्रपतिले कुन सदस्यले भोली भोट हाल्छ हाल्दैन भनेर कागज गर्नुपर्ने थियो कि थिएन ?’

जवाफमा बरिष्ठ अधिवक्ता खरेलले दलको समर्थन बिना प्रधानमन्त्रीमा दावी पुरा नहुने जिकिर गरे । ‘दलीय समर्थन चाहिने कुरा माओवादी केन्द्रको पत्रले नै भनेको छ’ खरेलले प्रधानन्यायाधिस सामू प्रति प्रश्न राखे –‘एमालेका सांसदको हकमा दलको पत्र नचाहिने, माओवादी केन्द्रको हकमा पत्र चाहिने कसरी भयो ?’

खरेलले धारा ७६ (३) अनुसारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिइकन ७६ (५) मा जान सक्ने जिकिर पनि गरे । ‘धारा ७६ (४) अनुसार मत पाउने ग्राउन्ड छ की छैन भनेर टेष्ट गरिराख्नु पर्दैन’ खरेलले भने–‘दलहरुले मत दिने छाटकाट नदेखाएपछि मत लिन्न भनेर मार्गप्रशस्त गरेर प्रधानमन्त्रीले राष्ट्रपतिलाई अर्को सरकार गठनका लागी आग्रह गर्नुभएको हो ।’

प्रकाशित मिति : १७ असार २०७८, बिहिबार  २ : ४५ बजे

सुनचाँदीको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सोमबार सुनचाँदीको मूल्यले अहिलेसम्मकै उच्च रेकर्ड कायम गरेको

निर्धारित मितिमै पार्टी महाधिवेशन अनिवार्य, अन्यथा विशेष महाधिवेशन : गगन थापा

काठमाडौँ, ७ पुसः नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीले १५औँ

ओलीको खुला चुनौती – जाँचबुझ आयोगलाई बयान दिन्नँ; गोली ठोके हुन्छ, आजीवन थुनिदिए हुन्छ  

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जाँचबुझ

पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ

पर्वत । पर्वतका अधिकांश पाखापखेरा, डाँडाकाँडामा लप्सी पाकेर पहेँलपुर बनिरहेका

शैक्षिक हड्तालका कारण काठमाडौं उपत्यकाका अधिकांश विद्यालय बन्द

काठमाडौं । जनपक्षीय विद्यार्थी युनियन, नेपालले शैक्षिक हड्तालको घोषणा गरेपछि