४ पुस २०८२, शुक्रबार | December 20, 2025

दाङ प्रहरीबाट मोटरसाइकल चोर्ने गिरोह पक्राउ, एकैदिन १३ थान चोरीको मोटरसाइकल बरामद



दाङ । दाङ प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट चोरी भएका १३ वटा मोटर साईकल सहित चोरी कार्यमा संलग्न गिरोहलाई पक्राउ गर्न सफल भएको छ । प्रहरीले मोटरसाईकल चोर्ने गिरोहमा संलग्न एक जना भारतिय नागरिक सहित ८ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङमा पक्राउ परेको चोरहरुको गिरोहलाई सार्वजानिक गर्दै दाङ प्रहरी प्रमुख प्रहरी उपरिक्षक सुरेश काफ्लेले आफूले बोल्ने भन्दा पनि काम गरेर देखाउने कुरामा बिश्वास गर्ने गरेको बताए । उनले आफु जिल्लामा आउनासाथ मोटरसाइकिल चोरी भएर नागरिक पिडित भएको गुनासो सुनेपछि यो कुरालाइ गम्भिरतापुर्बक लिइ अनुसन्धानमा जुट्न निर्देशन दिएको बताए । उनले प्रहरीलाई मिलेको यो सफललाले नागरिकमा प्रहरी प्रति अझै बिश्वासको वातावरण सिर्जना गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय दाङबाट सहायक प्रहरी नायव निरिक्षक युबराज गौतमको कमाण्डमा खटिएको प्रहरी टोलिले चोरीको मोटरसाइकल सहित गिरोहलाई समात्न सफल भएको हो ।

प्रहरीका अनुसार चोरीको मोटरसाइकिलको गिरोहमा ग्यारेजमा काम गर्ने प्राविधिक कर्मचारीको पनि संलग्नता रहेको अनुसन्धानकोक्रममा खुलेको छ । चोरीका मोटरसाइकिलमा गिरोहले ५० हजार लगानी गरेर १ लाखदेखि २ लाख सम्म बिक्री गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रबक्ता डिएसपि मुकुन्द रिजालले घटनाको थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : १८ असार २०७८, शुक्रबार  १ : ४४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको