२१ मंसिर २०८२, आइतबार | December 7, 2025

कोपा अमेरिका : चिलीलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा



काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १-०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो ।

ब्राजिलको जितमा ४६ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । ४८ औँ मिनेटमा गाब्रियल जिसस सीधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भए पनि चिलेले त्यसको फाइदा लिन सकेन ।

जारी प्रतिस्पर्धामा अन्तिम चारमा पुग्ने ब्राजिल दोस्रो टिम हो । यसअघि शनिबार बिहानै भएको खेलमा टाइब्रेकरमा पाराग्वेलाई पराजित गरेर पेरुले पनि सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ३१ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न