१९ फाल्गुन २०८२, मंगलबार | March 3, 2026

कोपा अमेरिका : चिलीलाई पराजित गर्दै ब्राजिल सेमिफाइनलमा



काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शनिबार बिहान भएको क्वाटरफाइनल खेलमा चिलीलाई १-०ले पराजित गर्दै १० खेलाडीमा समेटिएको ब्राजिलले अन्तिम चारको यात्रा तय गरेको हो ।

ब्राजिलको जितमा ४६ औँ मिनेटमा लुकास पाक्वेताले गरेको गोल नै निर्णायक बन्यो । ४८ औँ मिनेटमा गाब्रियल जिसस सीधै रातो कार्ड पाएर बाहिरिएपछि ब्राजिल १० खेलाडीमा सीमित भए पनि चिलेले त्यसको फाइदा लिन सकेन ।

जारी प्रतिस्पर्धामा अन्तिम चारमा पुग्ने ब्राजिल दोस्रो टिम हो । यसअघि शनिबार बिहानै भएको खेलमा टाइब्रेकरमा पाराग्वेलाई पराजित गरेर पेरुले पनि सेमिफाइनलको यात्रा तय गरेको थियो ।

आइतबार बिहान सेमिफाइनल प्रवेशका लागि उरुग्वेले कोलम्बिया तथा अर्जेन्टिनाले इक्वेडरको सामना गर्ने छन् ।

प्रकाशित मिति : १९ असार २०७८, शनिबार  ८ : ३१ बजे

३८ अङ्कले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३८ दशमलव ५२

अमेरिका-इजरायल आक्रमणबाट इरानमा हालसम्म ७८७ जनाको मृत्यु

अमेरिका र इजरायलले इरान विरुद्ध युद्ध सुरु गरेदेखि अहिलेसम्म ७८७

बिदामा पनि सर्वोच्च अदालत खुला, बन्दीप्रत्यक्षीकरणको रिट सुनुवाइ हुने

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ का लागि सरकारले घोषणा

वीरगञ्ज हुँदै पाँच खर्ब १९ अर्बको सामान आयात

वीरगञ्ज । वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको सात महिनामा

धनुषा-१ बाट रास्वपाका उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट धनुषा क्षेत्र नं. १