१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

बैतडी अस्पतालमा अक्सिजन प्लान्ट जडानका लागि सम्झौता



बैतडी । जिल्ला अस्पताल बैतडीमा अक्सिजन प्लान्ट जडानको काम अघि बढेको छ । असारभित्र प्लान्ट निर्माण सम्पन्न गर्ने गरी हेल्थ केयर सप्लायर्स काठमाडौंसँग सम्झौता भएको अस्पतालका प्रमुख डा.वशन्तराज जोशीले जानकारी दिए ।

‘प्लान्ट खरिद गरी जडानका लागि बोलपत्र आह्वान गरी सप्लायर्स छनौट गरेका छौं,’ उनले भने, ‘यो आर्थिक वर्षभित्र प्लान्ट स्थापना गर्ने भनेर सम्झौता गरेका छौं ।’

प्लान्ट जडानका लागि संघीय सरकारबाट एक करोड ५० लाख र सुदूरपश्चिम प्रदेश सरकारबाट ८० लाख रुपैयाँ प्राप्त भएको डा.जोशीले बताए । कोरोना महामारीको दोस्रो लहर फैलिएपछि जिल्लामा अक्सिजन अभाव भएपछि प्रदेश सरकार र संघीय सरकारले प्लान्ट जडानका लागि बजेट विनियोजन गरेको थियो ।

प्लान्ट जडान भएपछि कोरोना महामारीका लागि मात्रै नभएर निर्माणधीन ५० शय्याको अस्पतालका लागि पनि सहयोग पुग्ने डा.जोशीको भनाइ छ । जिल्ला अस्पताल बैतडीमा १०० भन्दा बढी अक्सिजन सिलिण्डर र ३६ वटा अक्सिजन कन्सन्ट्रेटर छन ।

भारतसंग सीमा जोडिएको बैतडीमा हालसम्म कोरोना संक्रमणबाट १८ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ०१ बजे

जाँचबुझ आयोगको प्रतिवेदन अधुरो र अपूर्ण : कांग्रेस

ललितपुर । नेपाली कांग्रेसले जेनजी आन्दोलनबारे तयार गरिएको जाँचबुझ आयोगको

रास्वपा संसदीय दल नेतामा बालेन्द्र शाह चयन, रातभरमा मन्त्री छानिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको नेतामा बालेन्द्र

संसदमा ‘सिट प्लान’ : अब एउटै बेञ्चमा कांग्रेस, एमाले र नेकपा

काठमाडौँ । संसदीय यात्रामा सत्तापक्ष त कहिले प्रमुख या प्रतिपक्ष

निर्वाचनको परिणाम ‘अनपेक्षित, अस्वाभाविक र जादुमयी’ : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दा

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)

काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् ।