६ कार्तिक २०८३, शुक्रबार | October 24, 2026

सकियो नवनिर्वाचित सांसदहरुको शपथ (फोटोफिचर)



काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित संसद्को बहुउद्देश्यीय सभाकक्षमा आयोजित सभामा उनीहरूले शपथ लिएका हुन् ।

प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ गराएका हुन् । शपथग्रहणका लागि प्रस्तावित प्रधानमन्त्री बालेनन्द्र शाह किराती संस्कृतिमा आधारित सिलाम सक्मा लगाएर बैठक प्रवेश गरेका थिए भने सांसदहरु बिबिध जातिय पहिरणका साथ बैठक कक्षमा पुगेका थिए ।

संसद् सचिवालयका अनुसार ६३ जना सांसदले नेपाली बाहेकको मातृभाषामा शपथ लिएका छन् । सांसदहरू आ–आफ्नै मातृभाष अनुसारको भेषभूषामा शपथका लागि सिंहदरबार पुगेका छन् ।

सांसदहरुको शपथ ग्रहण समारोहमा राष्ट्रियधुन बजेपनि यसपटक शहिदहरुको स्मरणमा मौनधारण गरिएन । जेष्ठ सदस्य अर्जुननरसिंह केसीले निर्धारित शपथका वाक्यहरु पढ्नु बाहेक अरु कुनै सम्बोधन गरेनन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  २ : ५० बजे

पोखरा–दुबई उडान : एक महिनामा छ हजारभन्दा बढी यात्रुले लिए सेवा

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु गरेको

नेपालद्वारा चीनको सिजाङ क्षेत्रमा भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले चीनको सिजाङ स्वायत्त क्षेत्रको उत्तरी भागमा

द्वन्द्वकालमा मोओवादी लडाकुको सुरक्षित सेल्टर अहिले पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

दक्षिण अफ्रिका मिलर कर्णालीमा आबद्ध

काठमाडौं । दक्षिण अफ्रिकाका क्रिकेटर डेविड मिलर नेपाल प्रिमियर लिग

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन