२१ मंसिर २०८२, आइतबार | December 7, 2025

पेरुलाई १-० गोलले पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश



काठमाडौं । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको पहिलो सेमिफाइनलमा पेरुलाई १-० ले हराउदै ब्राजिल फाइनलमा प्रवेश गरेको हो ।

ब्राजिलको ओलम्पिया स्टेडियममा भएको खेलमा ब्राजिललाई जिताउन खेलको ३६ औं मिनेटमा लुकासले गोल गरे । साविक विजेता ब्राजिल लगातार दोस्रो पटक फाइनल पुगेको हो ।

फाइनलमा अब भोलि हुने अर्जेन्टिना र कोलम्बियाको विजेतासँग खेल्ने छ । फाइनल खेल जुलाई १० मा हुने छ ।

ब्राजिलले अघिल्लो संस्करणमा पेरुलाई ३-१ ले हराएर उपाधि जितेको थियो । यसै संस्करणको समूह चरणमा ब्राजिलले पेरुलाई ४-० ले हराएको थियो ।

समूह ‘बी’ मा ब्राजिल समूह विजेता बनेको थियो भने पेरु उपविजेता बनेको थियो । ब्राजिलले १० र पेरुले ७ अंक जोडेर क्वाटरफाइनलमा स्थान बनाएका थिए ।

क्वाटरफाइनलमा ब्राजिलले चिलीलाई १-० ले हराएको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले हराएको थियो ।

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ७ : ०९ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न