१ पुस २०८२, मंगलबार | December 16, 2025

मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध



बागलुङ । निरन्तरको वर्षात्का कारण मध्यपहाडी (पुष्पलाल) लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।

लोकमार्गको बागलुङखण्डअन्तर्गत बागलुङ नगरपालिका–३ बोक्से, काठेखोला गाउँपालिकाको अछेतामाथिको सुन्तली घुम्ती र बयलडाँडामा राति खसेको पहिराले सडक अवरुद्ध भएको हो ।

दुई स्थानमा पहिरो खसेको तथा बोक्सेमा भलसहित लेदो आएर सडक अवरुद्ध भएको लोकमार्ग आयोजना कार्यालयका इञ्जिनीयर उज्ज्वल शर्माले जानकारी दिए । निरन्तरको वर्षात्पछि पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउनका लागि आवश्यक उपकरण तीन स्थानमै खटाइएको छ । मंगलबार अपराह्नसम्म सडक खुलाउने लक्ष्य छ ।

वर्षाका कारण अर्को आष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोर र बागलुङ–बलेवा जाने सडकसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए ।

बागलुङपोखरा सडकअन्तर्गत पर्वतको सहस्रधारामा समेत पहिरो खसेपछि लोकमार्गको सडक अवरुद्ध भएको र यात्रु अलपत्र परेका छन् । रासस

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ११ : ३२ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज