२० मंसिर २०८२, शनिबार | December 6, 2025

श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जना रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाको बाईपास क्षेत्रबाट श्रोत नखुलेको ३१ लाख ९० हजार सहित १ थान स्कुटी र २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मंगलबार अपरान्ह ४ बजे सिद्धार्थनगर १ बाईपास नजिकैबाट स्थानीय बिनय कलवार र भारत नौतनवाका सुरज गौणलाई सो रकम सहित पक्राउ गरेको हो । उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी लिने क्रममा उनीहरुबाट रकम बरामद भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले बताए ।

कालो रङ्को झोलामा लुकाई छिपाई राखिएको रकमबारे सोधपुछ गर्दा श्रोत उल्लेख गर्न नसकेपछि नियन्त्रणमा लिईएको डीएसपी थापाले बताए । बरामद भएको रकम, सवारी साधन र पक्राउ परेका २ जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ४१ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय