१९ माघ २०८२, सोमबार | February 2, 2026

श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जना रुपन्देही प्रहरीको नियन्त्रणमा



बुटवल । रुपन्देही प्रहरीले श्रोत नखुलेको ३१ लाख बढी रकम सहित २ जनालाई पक्राउ गरेको छ । भैरहवाको बाईपास क्षेत्रबाट श्रोत नखुलेको ३१ लाख ९० हजार सहित १ थान स्कुटी र २ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार मंगलबार अपरान्ह ४ बजे सिद्धार्थनगर १ बाईपास नजिकैबाट स्थानीय बिनय कलवार र भारत नौतनवाका सुरज गौणलाई सो रकम सहित पक्राउ गरेको हो । उनीहरु सवार लु २१ प २२१२ नम्बरको स्कुटी खानतलासी लिने क्रममा उनीहरुबाट रकम बरामद भएको रुपन्देही प्रहरीका प्रवक्ता प्रहरी नयाव उपरिक्षक सत्यनारायण थापाले बताए ।

कालो रङ्को झोलामा लुकाई छिपाई राखिएको रकमबारे सोधपुछ गर्दा श्रोत उल्लेख गर्न नसकेपछि नियन्त्रणमा लिईएको डीएसपी थापाले बताए । बरामद भएको रकम, सवारी साधन र पक्राउ परेका २ जनालाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाईएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : २२ असार २०७८, मंगलबार  ६ : ४१ बजे

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली

नेपालमा बोलिने सबै भाषा हाम्रा सम्पत्ति हुन्, कुनैलाई पनि मर्न दिनुहुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालमा बोलिने भाषाहरू हाम्रा सम्पत्ति