२१ मंसिर २०८२, आइतबार | December 7, 2025

युरोकप फुटबल : आज सेमिफाइनलको दोस्रो खेलमा इंग्ल्यान्ड र डेनमार्क भिड्दै



काठमाडौं । जारी युरोकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज (बुधबार) राति हुँदै छ । वेम्बली स्टेडियममा हुने दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्क प्रतिस्पर्धा गर्दै छन ।

नेपाली समय अनुसार राति १२ः४५ बजे सुरु हुने खेलमा दुवै टिमको लक्ष्य फाइनल पुग्ने हुनेछ । क्वाटरफाइनलमा युक्रेनमाथि ४-० गोलको सानदार जित निकाल्दै इंग्ल्यान्ड अन्तिम चारमा पुगेको हो डेनमार्क क्वाटरफाइनलमा चेक रिपब्लिकलाई २-१ गोल अन्तरले हराएर सेमिफाइनलमा पुगेको हो ।

यी दुई टिमबीच हालसम्म २१ पटक प्रतिस्पर्धा भएको छ । जसमा इंग्ल्यान्डले १२ खेल जितेको छ भने डेनमार्कले ४ खेल जितेको छ । दुई टिमबीच ५ खेल बराबरीमा सकिएको छ ।

आजको खेलको विजेताले फाइनलमा इटालीसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनलमा इटाली स्पेनलाई पेनाल्टी सुटआउटमा ४-२ ले हराएर फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  ९ : ०३ बजे

किशोर किशोरी डिजिटल पार्क सञ्चालन गर्दै बागमती प्रदेश स्वास्थ्य मन्त्रालय

भक्तपुर । किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्यसम्बन्धी सुरक्षित व्यवहार

सुनको मूल्य तोलामा दुई लाख ५२ हजार २०० कायम

काठमाडौं । शुक्रबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

गृहजिल्लामा जनार्दन शर्मा विरुद्ध कालोझण्डा प्रदर्शन

काठमाडौं । पूर्वमाओवादी नेता जनार्दन शर्मालाई गृहजिल्ला रुकुम पश्चिममा उनका

एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद

सर्लाही । एम्बुलेन्सबाट ५१ किलो गाँजा बरामद भएको छ ।

प्रतिनिधि छनौटमा पाखुरा सुर्किएको भन्दै गोकुल बास्कोटा भन्छन् – ‘घातक संस्कार हुर्कन दिन हुँदैन’

काठमाडौं । नेकपा एमालेको महाधिवेशनअघिको प्रतिनिधि छनौट प्रक्रिया देशका विभिन्न