२५ चैत्र २०८२, बुधबार | April 8, 2026

रहेनन् भारतीय सिनेस्टार दिलिपकुमार



एजेन्सी । बलिउडका सुपरस्टार अभिनेता दिलिप कुमारको निधन भएको छ । ९८ वर्षको उमेरमा बुधवार बिहान उनको निधन भएको हो ।

उनी गत महिनादेखि श्वासप्रश्वासको समस्याबाट पीडित थिए । मुम्बईको हिन्दुजा अस्पतालमा उपचारका क्रममा आज बिहान उनको निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । दिलीपकुमारको निधन हुँदा उनकी श्रीमती अभिनेत्री सायरा बानो साथमा थिईन् । अस्पताल भर्ना भएकै बेला बानोले दिलिपका फ्यानहरूलाई स्वास्थ्य लाभका लागि निरन्तर प्रार्थना गर्न पनि अपील गरिरहेकी थिइन।

दिलीप कुमारको मृत्युको खबरले बलिउड फिल्म जगत शोकमा परेको छ। फिल्मजगतका सम्बद्धहरुले सामाजिक सञ्जालमा पोष्ट साझा गरेर अभिनेतालाई श्रद्धान्जली दिइरहेका छन्।

भारतीय चलचित्र ज्वार भाटाबाट बलिउड प्रवेश गरेका दिलिप कुमारको पहिलो हिट फिल्म जुगनू हो । त्यस यता दिलीप कुमारले लगातार धेरै हिट फिल्महरु बलिउडलाई दिएका छन्। उनको फिल्म मुगल-ए-आजम त्यतिबेलाको सबैभन्दा धेरै कमाई गर्ने फिल्म बनेको थियो । अगस्त १ टण् ।० मा रिलीज भएको यो फिल्म त्यतिबेलाको सबैभन्दा महँगो फिल्म मानिने गरेको छ ।

दिलीप कुमारले आठ फिल्म फेयर अवार्ड प्राप्त गरेका छन्। दिलीप कुमारले सबैभन्दा बढी पुरस्कार जितेको रेकर्डका आधारमा उनको नाम गिनीज वर्ल्ड रेकर्डमा रेकर्ड गरिएको छ।

गत वर्ष मात्र दिलीप कुमारले आफ्ना दुई भाइहरू असलम खान र एहसान खानलाई कोरोनाभाइसका कारण गुमाएका थिए ।

प्रकाशित मिति : २३ असार २०७८, बुधबार  १० : १४ बजे

म्याग्दीमा शैक्षिक सत्र अगावै पाठ्यपुस्तक भित्रियो

म्याग्दी । आगामी शैक्षिक सत्र २०८३ को लागि म्याग्दीका सामुदायिक

करोडभन्दा बढी बैङ्किङ कसुर : पक्राउ गरी अदालतमा पेस

काठमाडौँ । एक करोड बढी बैङ्किङ कसुर गरेको आरोपमा दोषी

बुधबार धेरै स्थानमा वर्षा हुने, पश्चिममा बढी

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले भोलि बुधबार देशका

बढी शुल्क लिने निजी विद्यालयमाथि अनुगमन हुँदै

काठमाडौँ । आगामी वैशाख १५ गतेदेखि नयाँ शैक्षिकसत्रको सञ्चालन र

सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन दिने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना