६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

नेपाली फिल्ममा अभिनय गर्न चाहन्छु- नवाजुद्दीन सिद्दिकी



काठमाडौँ । बलिवुड अभिनेता नवाजुद्दीन सिद्धिकीले नेपाली फिल्ममा काम गर्न चाहेको बताएका छन् ।

निर्देशक मीन भामको फिल्म सम्बालाको प्रिमियरका लागि काठमाडौँ आएका नवाजले संजय सिलवाल गुप्ताको पोडकाष्टमा अन्तर्वार्ता दिदै आफुले नेपाली फिल्ममा काम गर्ने बताएका हुन् । नवाजले आफुले नेपाली फिल्ममा केहि न केहि काम गर्ने र खासगरी मीनसँग काम गर्ने बताए ।

उनले भने-‘म अभिनयको सवालमा केहि गर्न चाहन्छु । खासगरी मीनसँग । सम्बाला निकै उत्कृष्ट फिल्म बनेको छ । यस्तो फिल्म बनाउन ठुलो सहास चाहिन्छ । फिल्ममा पेमाको अभिनय निकै उत्कृष्ट छ । फिल्मको सिनेमेटोग्राफी उत्कृष्ट छ ।’

अन्तर्वार्ताका क्रममा नवाजले नेपालमा आफुले न्यानो आतिथ्य पाएको बताउदै नेपालीहरुले निकै राम्रो व्यबहार गरेको बताए ।

प्रकाशित मिति : २५ भदौ २०८१, मंगलबार  १२ : २२ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको