१२ चैत्र २०८२, बिहिबार | March 26, 2026

पाल्पाको तिनाउ ५ मा पहिरोले ६ घर पुरिए, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ७ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

तिनाउ गाउपालिका ५ चोबिस किलोको ढुंगाखानी भन्ने ठाउमा पहिरो जादा ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले खबरकुरालाइ जानकारी दिए ।

घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको पाण्डेले बताए । ‘प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घटनास्थलसम्म प्रहरीको टोली पुग्न सकेको छैन,’ पाण्डेले भने, ‘एक जनाको मृत्यु र एक जना बच्चा बेपत्ता भएको सूचना भने आएको छ ।’

पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।

पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ८ : ४५ बजे

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले

रास्वपा संसदीय दलको बैठक : संसदीय पदाधिकारी चयन गर्ने अधिकार पार्टी नेतृत्वलाई

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभामुखलगायत संसदीय पदाधिकारी चयन