११ बैशाख २०८१, मंगलबार | April 23, 2024

पाल्पाको तिनाउ ५ मा पहिरोले ६ घर पुरिए, एक जनाको मृत्यु, चार वर्षीय बालक बेपत्ता



पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका-५ मा पहिरोले ७ घर बगाउँदा एक जनाको मृत्यु भएको छ भने एक बालक बेपत्ता भएका छन् ।

तिनाउ गाउपालिका ५ चोबिस किलोको ढुंगाखानी भन्ने ठाउमा पहिरो जादा ४५ वर्षीय वीरबहादुर गुरुङको पहिरोमा पुरिएर मृत्यु भएको र स्थानीय पूजा परियारका चार वर्षीय छोरा बेपत्ता भएको पाल्पाका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले खबरकुरालाइ जानकारी दिए ।

घटनास्थलसम्म पुग्ने बाटो अवरुद्ध भएकाले प्रहरीको टोली पुग्न नसकेको पाण्डेले बताए । ‘प्रहरीको टोलीलाई पैदल पठाइएको छ तर जताततै पहिरो गएकाले घटनास्थलसम्म प्रहरीको टोली पुग्न सकेको छैन,’ पाण्डेले भने, ‘एक जनाको मृत्यु र एक जना बच्चा बेपत्ता भएको सूचना भने आएको छ ।’

पहिरोले नरबहादुर राना, आकाश तामाङ, हरि दर्लामी, वीरबहादुर गुरुङ र रमेश परियारको घर पहिरोले बगाएको छ।

पहिरोले सिद्धार्थ राजमार्ग पनि अवरुद्ध भएको छ । दोभान प्रहरी चौकीका अनुसार सिद्धबाबा, झुम्सा, कालिमाटी लगायतका स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ८ : ४५ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम