१९ माघ २०८२, सोमबार | February 3, 2026

चार हजार कुखुरा रानीखेत रोगका कारण मरे



दैलेख । नौमुले गाउँपालिकामा रानीखेत रोगका कारण चार हजारभन्दा बढी कुखुरा मरेका छन् ।

गाउँपाललिकाको वडा नं १, २, ३, ४, ५, ६ मा चार हजार कुखुरा मरेको अरु थप मर्न थालेपछि पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको नमूना परीक्षणबाट रानीखेत रोग प्रमाणित भएको हो ।

स्थानीयवासीले मिहिनेत गरेर पालेका कुखुरा धमाधम मर्न थालेपछि नौमुले गाउँपालिका पशु सेवा शाखामा कार्यरत शाखा प्रमख खगेन्द्र न्याउपानेले बताए ।

उनले ज्वाला भेरी कर्णाली पञ्चकोशी एग्रोफरेस्टी प्रालि लिमिटेडले स्थानीयवासीलाई झुक्काएर गाउँपालिकासँग सम्पर्क नै नगरी अवैधानिक ढङ्गले रोगी कुखुरा बेचिएकाले समस्या आएको बताए । अहिले स्थानीय कुखुरालगायत अन्य पशुपक्षी मरेका छन् ।

पशु सेवा कार्यालय तथा पशु अस्पताल दैलेखका निमिक्त कार्यालय प्रमुख भीमबहादुर विष्टले रानीखेत विषाणु रोग भएकाले बाहिरबाट रोग लागेका कुखुरा ल्याएर स्थानीयलाई वितरण गरिएका कारण रोग फैलिएको बताए ।

उनले अब परीक्षणमा ढिलाई गर्नुहुँदैन, रोग फैलिएको क्षेत्रबाट कुनै पनि पशुपक्षी अन्यत्र ओसारपसार नगर्ने र बिरामी नभएका कुखुरालाई रोकथामको लागी खोप लगाएपछि मात्र रानीखेत नियन्त्रणमा आउने बताए ।

नौमुले गाउँपालिकाका निमिक्त प्रमुख प्रशासकीय अधिकृत भूपेन्द्र शाहीले कुखुरा मरेका भन्ने खबर आएकाले वितरण गर्ने कम्पनी तथा व्यक्तिलाई छानविन गरी कारवाही गरिने बताए ।

प्रकाशित मिति : २४ असार २०७८, बिहिबार  ९ : ३० बजे

वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत अधिकृतसहित तीन जना अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयको

बन्दसूचीमा समेटिएकामध्ये मापदण्ड नपुगेका ७६ जनाको नाम सूचीबाट हटाइयो(सूचीसहित)

काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिक बन्दसूचीमा

आचारसंहिता पालना नगर्ने पत्रकार र सञ्चार माध्यमप्रति काउन्सिल निर्मम बन्ने

नेपालगन्ज । प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार शर्मा आचार्यले

एन आई सी एशिया बैंकद्वारा प्रतिस्पर्धी ब्याजदरमा ‘गोल्ड लोन’ योजना सार्वजनिक

काठमाडौ । एन आई सी एशिया बैंकले आकर्षक कर्जा योजनाहरू

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० मा

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०को १२ औँ गैरआवासीय नेपाली