१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

घरघरबाट फोहोर किन्दै घोराही उपमहानगर



दाङ । घोराही उपमहानगरपालिकाले घर घरबाट फोहोर खरिद गर्न थालेको छ ।

बोटल र गुटखाका खोलमा पैसा आउन थालेपछि स्थानीय दङ्ग परेका छन । गल्ने फोहोरबाट ग्यास र मल उत्पादनको तयारी अन्तिम चरणमा पुर्‍याइएको छ भने नगल्ने फोहोरलाई खरिद गरेर पुनः प्रयोगमा ल्याउन थालिएको छ ।

केही महिना पहिले सरसफाइ स्वयंसेवक परिचालन गरेर फोहोर किन्ने बारेमा जानकारी गराएको उपमहानगरपालिकाले गत शुक्रबारदेखि नागरिकहरुको घरमै पुगेर फोहोर खरिद गर्न थालेको हो ।

घोराही-१४ नयाँ बसपार्कमा जलजला होटलकी सञ्चालक सीता रोकालाई फोहर ब्यवस्थापनले निकै पीडा दिँदै आएको थियो । हरेक दिन बिहान फोहर जम्मा गरेर उपमहानगरको गाडीमा पठाउनपर्ने झञ्झट हुने गथ्र्यो । पहिलो पटक फोहर बेचेकी रोकाले बीस केजी फोहरको रु दुइसय पाँच रुपैयाँ प्राप्त गरिन । होटलबाट उत्पादन भएको फोहरले आम्दानी हुने भएपछि उनी खुशी छिन ।

यो वर्षदेखि उपमहानगरभित्रको फोहर खरिद गर्ने नीति लिएपछि फोहर बिक्री गर्ने प्रतिस्पर्धा नै चलेको छ । चालु आर्थिक वर्षको बजेटमै राखेर उपमहानगरपलिकाले गत वैशाखदेखि फोहर खरिद गर्न शुरु गरेको थियो । अहिलेसम्म झण्डै रु बीस हजारको फोहर खरिद गरिएको उपमहानगरपालिका वातावरण तथा सरसफाइ महाशाखा प्रमुख लक्ष्मण अधिकारीले जानकारी दिए । उपमहानगरपालिकालाई प्लाष्टिकमुक्त बनाउने अभियानअन्तर्गत यो कार्यक्रम अघि सारिएको हो ।

उपमहानगरपालिकाले प्लाष्टिकको बोतलसहित नरम पोलिथिन एक किलोलाई रु दश, कपडा प्रति किलो रु पाँच, सुर्र्तीजन्य प्लाष्टिकको फोहोर प्रति किलो रु दुइ, गत्ता, कापीसहित वर्गिकरण अनुसारका फोहोरलाई रु दश देखि बीससम्ममा किलोमा खरिद गर्ने दर कायम गरिएको छ ।

यसरी खरिद गरिएको गल्ने फोहोरलाई बायो ग्यासमा प्रयोग गरिने र नगल्ने फोहोरलाई उद्योगहरुसँग समन्वय गरेर विक्री गरिने नगर प्रमुख चौधरीले जानकारी दिइन । रासस

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  १२ : ११ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले