१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

मोतिलाल पाण्डेको अध्यक्षतामा लुम्बिनी वाणिज्य क्याम्पसमा नयां नेतृत्व चयन



बुटवल । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको संचालक समितिमा सर्वसम्मत् रुपमा नयां नेतृत्व चयन भएको छ ।

शनिबार सम्पन्न क्याम्पस व्यवस्थापन तथा विकास परिषद्को एघारौं क्याम्पससभाले आगामी तिनवर्षको लागि नयां संचालक समिति निर्वाचित गरेको छ । शनिबार निर्वाचित संचालक समितीको अध्यक्षमा पुनः मोतिलाल पाण्डे सर्वसम्मत् निर्वाचित भएका हुन ।

त्यसैगरि निर्वाचित चारजना सदस्यहरुमा पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, कृष्ण प्रसाद गौतम, बुटवल उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष सुरेन्द्र श्रेष्ठ तथा अभिभावक संघका उपाध्यक्ष भगवती पाण्डे रहेका छन ।

क्याम्पस प्रमुख डा. ताराप्रसाद उपाध्याय पदेन सदस्यसचिव रहने १३ सदस्यीय क्याम्पस संचालक समितिमा बांकि सदस्यहरु भने पदेन सदस्य रहने प्रावधान छ । जसअनुसार बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, वडा नं. ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, त्रिभुवन विश्वविद्यालयका प्रतिनिधीबाट बुटवल बहुमुखी क्याम्पसका प्रमुख डा. खिमानन्द न्यौपाने, संस्थापक क्याम्पस प्रमुख महेश्वर प्रसाद श्रेष्ठ, प्राध्यापक संघका अध्यक्ष द्धारिका गौतम, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्जवल कसजु, क्याम्पसका निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा रहेका छन ।

यसअघि क्याम्पस सभामा बोल्दै प्रमुख अतिथी जिल्ला समन्वय समिति रुपन्देहीका संयोजक एकराज विश्वकर्माले लुम्बिनी वाणिज्य क्याम्पस लुम्बिनी प्रदेशको मात्र नभई देशकै शैक्षिक धरोहर रहेको उल्लेख गर्दै क्याम्पसलाई विश्वविद्यालयको रुपमा स्थापित गर्न सबै लाग्नुपर्नेमा जोड दिए ।
क्याम्पस संचालक समितिका अध्यक्ष मोतिलाल पाण्डेको अध्यक्षता, उपाध्यक्ष सुरेन्द्र श्रेष्ठको स्वागत तथा क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायको संचालनमा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष एवं पुर्व क्याम्पस प्रमुख डा. ईश्वर गौतम, बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदी, पुर्व अध्यक्ष अर्जुनमान सैंजु, निवर्तमान अध्यक्ष राजेन्द्र प्रसाद ओझा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

२०३७ सालमा लुम्बिनी व्यवस्थापन अध्ययन संस्थानको नामबाट अनौपचारिक रुपमा कोचिङ कक्षाको रुपमा संचालन गरिएकोमा लुम्बिनी वाणिज्य क्याम्पसले २०३८ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरि ४० वर्षको अवधीमा आईपुग्दा व्यवस्थापनतर्फ देशकै उत्कृष्ट क्याम्पसको रुपमा स्थापित भएको छ ।

२०६८ साल र २०७५ सालमा दुईपटक क्यूएए प्राप्त यस क्याम्पसमा हाल सेमेष्टर प्रणाली अन्तर्गतका बिबिएम, तथा स्वायत्त कार्यक्रम अन्तर्गत विविए एफ ए, विविएम एप्लाईड, विएमएस, एमबिएस फाईनान्स तथा एमबिए विएफका कक्षाहरु संचालन भईरहेका छन् ।

स्थायी, आंशिक र करार गरि ७१ जना प्राध्यापक तथा कर्मचारी कार्यरत यस क्याम्पसमा सबै कार्यक्रमतर्फ हाल ४ हजार ५ सय विद्यार्थी अध्ययनरत रहेको क्याम्पस प्रमुख प्राध्यापक डा। ताराप्रसाद उपाध्यायले जानकारी दिए ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ४७ बजे

प्रधानमन्त्रीको राष्ट्रका नाममा सम्बोधन : ‘अशान्त वातावरणलाई लिएर सरकार पूर्ण रूपमा गम्भीर र संवेदनशील छ’

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज र सिरहालगायत स्थानमा

रवि लामिछाने र मधेश केन्द्रित दलका शीर्ष नेताबीच छलफल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मधेशमा

मधेस केन्द्रित चार दलको अपिल : ‘घटनाको निष्पक्ष छानबिन होस्, समाजमा सद्भाव कायम राखौँ’

काठमाडौं । मधेस केन्द्रित चार राजनीतिक दलले पछिल्ला घटनाक्रमप्रति गम्भीर

सद्भाव कायम राख्न बुटवलका १२ राजनीतिक दलको संयुक्त अपिल, दोषीमाथि कारबाहीको माग

बुटवल । सुनसरीलगायत देशका विभिन्न स्थानमा हालै घटेका हिंसात्मक घटनाप्रति

वर्ल्डलिंकद्वारा ११ लाख एफटिटिएच ग्राहकको ऐतिहासिक उपलब्धि

काठमाडौं । नेपालको अग्रणी इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक