२० माघ २०८२, मंगलबार | February 3, 2026

कोपा अमेरिका : ब्राजिल-अर्जेन्टिना ‘क्लासिक’ फाइनल भिडन्त



काठमाडौं । कोपा अमेरिकाको उपाधिका लागि चिरपरिचित दुई प्रतिद्वन्दी ब्राजिल र अर्जेन्टिना भिड्दैछन् । फाइनल खेल ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना रंगशालामा आईतबार बिहान ५ः४५ बजे सुरु हुनेछ ।

कोपा कोरोना महामारीका कारण एक वर्ष सरेपछि प्रतियोगिता स्थल पनि ब्राजिल सरेको हो । प्रारम्भमा अर्जेन्टिना र कोलम्बिया आयोजक थिए । कोलम्बियामा चर्किएको प्रदर्शन र अर्जेन्टिनामा बढेको कोरोना सङ्क्रमणका कारण ब्राजिलमा प्रतियोगिता सरेको हो ।

ब्राजिल र अर्जेन्टिना १४ वर्षपछि कोपा अमेरिकाको फाइनलमा आमने सामने हुने भएका हुन् । साविकको विजेता टोली ब्राजिल उपाधिलाई निरन्तर दिन चाहन्छ भने अर्जेन्टिना जित निकाल्दै उपाधिको खडेरी टार्ने दाउमा छ । जारी प्रतियोगितामा खुवै टोलीले उत्कृष्ट प्रदर्शन गरिरहेका छन । पछिल्लो पटक यी दुई टोली २०१९ नोभेम्बरमा भिडेका थिए । २०१९ को कोपा अमेरिकाको सेमिफाइनलमा ब्राजिल विजयी बनेको थियो भने मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाले जित हात पारेको थियो ।

दक्षिण अमेरिकाका दुई महारथी अहिलेसम्म १११ पटक आमनेसामने हुँदा अर्जेन्टिनाले ४६ खेल जितेको छ भने ब्राजिलले ४० खेल जितेको छ । बाँकी २५ खेल बराबरीमा सकिएको थियो ।तर, कोपाको फाइनल इतिहास हेर्दा भने अर्जेन्टिना हाबी देखिन्छ । ब्राजिल र अर्जेन्टिना कोपाको फाइनलमा अहिलेसम्म १० पटक भिड्दा आठपटक अर्जेन्टिनाले जितेको छ । ब्राजिलले अर्जेन्टिनाविरुद्ध दुई फाइनल मात्र जितेको छ । अहिलेसम्म २८ पटक फाइनल खेल्दा अर्जेन्टिना १४ पटक च्याम्पियन र १४ पटक नै उपविजेता बनेको छ । त्यस्तै, २० पटक फाइनल पुगेको ब्राजिलले नौपटक उपाधि जित्दा ११ पटक उपविजेता बनेको छ ।

कोपा अमेरिकाकै पछिल्लो ५ खेलमा भने ब्राजिल अर्जेन्टिनाविरुद्ध अपराजित छ । अर्जेन्टिनाले सन् १९९३ मा पछिल्लोपटक कोपा जितेको थियो । त्यसयता कुनै पनि ठूलो प्रतियोगिताको उपाधि जित्न सकेको छैन । २००४ यता अर्जेन्टिनाले चारपटक कोपाको फाइनल र एकपटक विश्वकपको फाइनल खेलिसकेको छ । ब्राजिलले भने सन् २००४ यता तीनपटक उपाधि जितेको छ । ब्राजिल २००४ र २००७ को फाइनलमा अर्जेन्टिनालाई हराएर उपाधि जितेको थियो । त्यस्तै, २०१९ मा भने पेरूलाई घरेलु भूमिमा ३-१ ले हराएर उपाधि जितेको थियो । अर्जेन्टिना २०१५ र २०१६ को फाइनलमा चिलीसँग पराजित भएको थियो । सन् २००७, २०१५ र २०१६ मा फाइनल हार्दा मेसी अर्जेन्टिनी टिमको सदस्य थिए । पछिल्लो दुई फाइनलमा मेसी नै कप्तान थिए । अर्कोतिर ब्राजिलियन स्टार नेयमारले भने २०१९ को कोपा चोटका कारण गुमाएका थिए ।

अझ रोचक कुरा के भने जारी प्रतियोगिता एवं अन्तर्राष्ट्रिय फुटबलमा सुपरस्टार मानिएका मेस्सी र नेयमारले कोपा अमेरिकाको उपाधि अहिलेसम्म उचाल्न पाएका छैनन् । दुईमध्ये एकले यस प्रतियोगिताबाट कोपा अमेरिकाको उपाधिमा खाता खोल्नेछन् ।

प्रकाशित मिति : २६ असार २०७८, शनिबार  ८ : ५४ बजे

रुपन्देहीको ओमसतियामा स्कुल बस र ट्याक्टर ठोक्किँदा २१ विद्यार्थी घाइते

बुटवल । रुपन्देहीको ओमसतिया गाउँपालिकामा स्कुल बस र धान बोकेको

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड

बागलुङ । सिगाना अर्थात् ‘सुन्तला गाउँ’ । सुन्तला गाउँका रूपमा

गलेश्वर-पुलाश्रम-जगन्नाथ सडक योजना : लक्ष्यभन्दा पाँच महिनाअघि सम्पन्न

म्याग्दी । बेनी नगरपालिकामा रहेका तीनवटा धार्मिकस्थल गलेश्वर, पुलाश्रम (पछै)

निपाह भाइरसबारे स्वास्थ्य मन्त्रालयको धारणा सार्वजनिक

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नागरिकको स्वास्थ्य सुरक्षाका लागि

निर्वाचन आउन ३० दिन बाँकी : मतदाता नामावलीमा नाम नभएका पनि उम्मेदवार !

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको