५ पुस २०८२, शनिबार | December 20, 2025

प्रधानमन्त्री ओलीद्वारा वीर अस्पतालको नवनिर्मित सर्जिकल भवन उद्‍घाटन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका छन ।

आइतबार बिहान प्रधानमन्त्री ओलीले वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्‍घाटन गरेका हुन । अस्पतालका प्रमुख डा. जागेश्वर गौतमले कोभिड-१९ महामारीका बाबजुद् अस्पतालको भवन तोकिएको समयभन्दा अगाडि नै निर्माण सम्पन्न भएको जानकारी दिए ।

प्रधानमन्त्री ओलीले २०७४ फागुन २५ गते भवनको शिलान्यास गरेका गरेका थिए । नवनिर्मित भवनबाट अस्पतालले आधुनिक चिकित्सा प्रणाली अपनाइ सेवामा गुणस्तर कायम गर्ने डा. गौतमले बताए ।

उनले वीर अस्पतालमाथि रहेको जनताको आशा र भरोसालाई थप बलियो र विश्वासिलो बनाउने प्रतिबद्धता जनाए ।

नवनिर्मित भवनबाट कोभिड-१९ को जारी महामारी नियन्त्रणमा महत्त्वपूर्ण योगदान पुग्ने विश्वास अस्पतालका प्रमुख डा। गौतमले व्यक्त गरे ।

 

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ९ : १९ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको