३ पुस २०८२, बिहिबार | December 18, 2025

माओवादी केन्द्र वैध रहेको आयोगको ठहर



काठमाडौं । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरूले आफ्नो पूर्वपार्टी खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ ।

त्यसैगरी भविश्वर पराजुलीले माओवादी केन्द्रको लेटरप्याडमा सो पार्टी आफूहरूको भएको दाबी गर्दै आयोगमा दिएको निवदेन पनि खारेज गरिएको छ ।

ती दुई निवेदन खारेजीसँगै निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णयसमेत गरेको छ ।

एमाले बनेका नेताहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायतको अगुवाइमा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा माओवादी केन्द्र कानुनपिपरीत भएको दाबी गर्दै खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए ।

त्यसैको पर्सिपल्ट असार २५ गते भविसोर पराजुलीले माओवादी केन्द्र आफूहरूको भन्दै निवेदन दिएका थिए। अन्य दलको लेटरप्याड दुरुपयोग नगर्न आयोगले पराजुलीलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगले माओवादी केन्द्रको वैधानिकता कायम रहने पाँचवटा आधार पनि प्रस्तुत गरेको छ । ती आधारहरूमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३२ को निर्णयअनुसार निर्वाचन आयोगमा दर्ता भएको आयोगले बताएको छ ।

सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको अर्को आधार पनि आयोगले प्रस्तुत गरेको छ । त्यसैगरी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको, एमाले र माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्ण भएको पनि आयोगले उल्लेख गरेको छ ।

त्यस्तै एमाले र माओवादी केन्द्र साबिककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा निर्वाचन आयोगले निर्णय गरी सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको आधार आयोगले प्रस्तुत गरेको छ ।

आयोगले आज अधिवक्ता सरोज बुढाथोकी र आफूलाई माओवादी केन्द्रको नेता दाबी गर्ने भविश्वर पराजुलीको निवेदनउपर कुनै निणर्य गरिरहनु नपर्ने भनी फैसला सुनाएको हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३१ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका