७ आश्विन २०८३, बुधबार | September 23, 2026

माओवादी केन्द्र वैध रहेको आयोगको ठहर



काठमाडौं । माओवादी केन्द्र त्यागेर एमालेमा प्रवेश गरेका नेताहरूले आफ्नो पूर्वपार्टी खारेज गर्नुपर्ने भन्दै निर्वाचन आयोगमा दिएको निवेदन खारेज भएको छ ।

त्यसैगरी भविश्वर पराजुलीले माओवादी केन्द्रको लेटरप्याडमा सो पार्टी आफूहरूको भएको दाबी गर्दै आयोगमा दिएको निवदेन पनि खारेज गरिएको छ ।

ती दुई निवेदन खारेजीसँगै निर्वाचन आयोगले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (माओवादी केन्द्र) को वैधानिकता कायम रहने निर्णयसमेत गरेको छ ।

एमाले बनेका नेताहरू टोपबहादुर रायमाझी, प्रभु साह, मणि थापा, लेखराज भट्ट, गौरीशंकर चौधरीलगायतको अगुवाइमा अधिवक्ता सरोज बुढाथोकीले असार २३ मा माओवादी केन्द्र कानुनपिपरीत भएको दाबी गर्दै खारेजीका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गरेका थिए ।

त्यसैको पर्सिपल्ट असार २५ गते भविसोर पराजुलीले माओवादी केन्द्र आफूहरूको भन्दै निवेदन दिएका थिए। अन्य दलको लेटरप्याड दुरुपयोग नगर्न आयोगले पराजुलीलाई सचेत गराउने निर्णय पनि गरेको छ ।

निर्वाचन आयोगले माओवादी केन्द्रको वैधानिकता कायम रहने पाँचवटा आधार पनि प्रस्तुत गरेको छ । ती आधारहरूमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) २०७३ साउन ३२ को निर्णयअनुसार निर्वाचन आयोगमा दर्ता भएको आयोगले बताएको छ ।

सोही नाममा माओवादी केन्द्रले २०७४ सालको चुनावमा भाग लिएको अर्को आधार पनि आयोगले प्रस्तुत गरेको छ । त्यसैगरी एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा २०७५ जेठ २३ गते निर्वाचन आयोगमा दर्ता भएको, एमाले र माओवादी केन्द्र अलग दलका रुपमा रहने भनी २०७७ फागुन २३ गते सर्वोच्च अदालतबाट निर्ण भएको पनि आयोगले उल्लेख गरेको छ ।

त्यस्तै एमाले र माओवादी केन्द्र साबिककै दलका रुपमा रहने भनी २०७७ फागुन २५ मा निर्वाचन आयोगले निर्णय गरी सोही मितिमा राजपत्रमा सूचनासमेत प्रकाशित भएको आधार आयोगले प्रस्तुत गरेको छ ।

आयोगले आज अधिवक्ता सरोज बुढाथोकी र आफूलाई माओवादी केन्द्रको नेता दाबी गर्ने भविश्वर पराजुलीको निवेदनउपर कुनै निणर्य गरिरहनु नपर्ने भनी फैसला सुनाएको हो ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ४ : ३१ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई