७ आश्विन २०८३, बुधबार | September 23, 2026

जसपा खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) लाई खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

तत्कालिन राजपाका उपाध्यक्ष राजकुमार थापाको तर्फबाट अधिवक्ता हृदयराज मिश्रले उत्प्रेषणको आदेश माग गर्दै रिट दर्ता गराएका हुन्।

तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी नेपाल बीचको एकीकरण वैधानिक नभएको रिटमा दाबी गरिएको छ । रिटमा एकीकरण खारेज गरी साविककै राजपा र समाजवादी पार्टी कायम गर्न गराउन माग गरिएको छ ।

निर्वाचन आयोगलाई समेत विपक्षी बनाइएको रिटमा मुद्दाको अन्तिम टुंगो नलागेसम्म जसपाको राजनीतिक क्रियाकलाप, सदस्य हेरफेर तथा अन्य सबै कामकारवाही यथास्थितिमा राख्न माग गरिएको छ । यस्तै, राजनीतिक गतिविधिको सिलसिलामा हुने कुनै पनि निर्णयलाई रोक्नका लागि मुद्दालाई अग्राधिकार दिन माग गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले समाजवादी पार्टी फुटाउने उद्देश्यले दल विभाजनसम्बन्धी अध्यादेश जारी गरेपछि तत्कालिन राजपा र समाजवादी पार्टीबीच रातारात सहमति गरी २०७७ १० वैशाख गते पार्टी एकता भएको घोषणा भएको थियो । एकीकरणपछि जनता समाजवादी पार्टी बनेपनि तल्लो कमिटीसम्म एकीकरण प्रक्रिया पुरा भएको थिए ।

अहिले ओली सरकारमा सामेल हुने या नहुने भन्ने विषयबाट बढेको विवाद उत्कर्षमा पुग्दा जसपा व्यवहारिक रुपमा फुटिसकेको छ । जसपाको विवाद हाल निर्वाचन आयोगमा रहेको छ। आयोगले यही असार २२ गते जसपाका दुवै पक्षलाई सहमतिका लागि बोलाएपनि सहमति हुन नसकी मिल्न नसक्ने पत्रमा हस्ताक्षर गरेर फर्किएका थिए । आयोगले विवाद टुंग्याउनका लागि इजलास समेत गठन गरिसकेको छ ।

प्रकाशित मिति : २७ असार २०७८, आइतबार  ६ : ४३ बजे

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११