२२ कार्तिक २०८३, आइतबार | November 8, 2026

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा



काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि (युएनएफसिसीसी) का पक्ष राष्ट्रहरूको ३१ औँ सम्मेलन (कोप-३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टर्कीएको आन्ताल्यामा पुगेका छन ।

नोभेम्बर ९ देखि २० (कात्तिक २३ देखि मङ्सिर ४ गते) सम्म आयोजना हुने उक्त सम्मेलनको उद्घाटनसत्रलाई परराष्ट्रमन्त्री खनालले नोभेम्बर ९ (कात्तिक २३गते) मा सम्बोधन गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनले नोभेम्बर ११ र १२ (कात्तिक २५ र २६ गते) आयोजना हुने नेताहरूको शिखर सम्मेलनमा सहभागिता जनाउँनेछन ।

सम्मेलनका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल, ताजिकिस्तान, कीर्गिजस्तान, भुटान र पाकिस्तानको संयुक्त आयोजनामा हुने ‘एड्भान्सिङ द माउन्टेन एजेन्डास् ग्लेसियर, क्रायोस्फियर एन्ड रिसिलियन्स अन्डर ओभरसुट, सियर्ड रेस्पोन्सिबिलिटी एन्ड सस्टेनेबल फाइनान्सिङ’ विषयक उच्चस्तरीय कार्यक्रममा पनि सहभागिता जनाउँनेछन ।

यसका अतिरिक्त परराष्ट्रमन्त्री खनालले सम्मेलनका विभिन्न उच्चस्तरीय तथा साइड इभेन्टमा सहभागी हुनुका साथै समकक्षी मन्त्रीहरू र अन्य विशिष्ट व्यक्तित्वसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री खनाल यही नोभेम्बर १४ (कात्तिक २८ गते) स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०८३, आइतबार  ७ : ४८ बजे

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका(४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै कोप-३१ मा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अन्ताल्यामा

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना

भोटेकोशी बाढीमा बेपत्ता भएका जुम्लाका ६३ जनाको यकीन सूची सार्वजनिक

जुम्ला । रसुवाको भोटेकोशीमा गत भदौ १० गते आएको बाढीमा

आज कुकुर तिहार, साँझ लक्ष्मीपूजा गरिँदै

काठमाडौं । नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज

एनपीएल : लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६ रनले पराजित

काठमाडौं । अपराजित यात्रामा रहेको लुम्बिनी लायन्स काठमाडौं गोर्खाजसँग ३६