२४ मंसिर २०८२, बुधबार | December 10, 2025

देउवाको शपथग्रहणकै बेला किचलो !



काठमाडौं । प्रधानमन्त्रीमा नियुक्त शेरबहादुर देउवा मंगलवार साँझ साढे ६ बजे शपथ ग्रहणका लागि बूढानीलकण्ठबाट बाहिरिए । देउवा पाँचौंपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।

तर राष्ट्रपति कार्यालयले प्रधानमन्त्री नियुक्त गर्न देउवालाई पठाएको पत्रमा भने संविधानको कुन व्यवस्था र धाराअनुसार नियुक्त हुने भन्ने स्पष्ट उल्लेख नभएकाले देउवालाई चित्त बुझेन ।

उनले पहिले मुख्यसचिव शंकरदास बैरागीमार्फत नियुक्तिको व्यहोरामा असन्तुष्टि जनाए । त्यसपछि शितलनिवास पुगेरै सोबारे आफ्नो धारणा राखे ।

देउवानिकट एक नेताका अनुसार उनले सर्वोच्च अदालतको फैसलाअनुसार संविधानको धारा खुलाएरै नियुक्ति र शपथ चाहेका थिए । बूढानीलकण्ठबाट शितलनिवास पुगेपछि उनले त्यो सूचना सच्चिनैपर्ने अडान राष्ट्रपतिसमक्ष राखे र संविधानको धारा ७६९५० उल्लेख गरेर सूचना सच्याएरै राष्ट्रपति कार्यालयले देउवालाई शपथ गरायो ।

राष्ट्रपति कार्यालयले ६ बजेका लागि तय गरेको शपथ सूचना सच्याएपछि राति ८ः२० बजे अर्थात् तोकिएको समयभन्दा करीब साढे २ घण्टा ढिला भएको थियो ।

यसबीचमा करीब डेढ घण्टा देउवा सहितका गठबन्धन आवद्ध नेताहरू राष्ट्रपति कार्यालयमा पर्खाइमा परे । तर सर्वोच्च अदालतले भने सोमवार संविधानको धारा ७६९५० अनुसारको प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परमादेश जारी गरेको थियो ।

तर राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भने सर्वोच्च अदालत संवैधानिक इजलासको फैसलाबमोजिम देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरिएको थियो । आजको राजधानी दैनिकमा खबर छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ६ : ३५ बजे

कांग्रेसको क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा सहमहामन्त्री यादव

काठमाडौँ । नेपाली कांग्रेसको क्रियाशील सदस्यता केन्द्रीय छानबिन समितिको संयोजकमा

कांग्रेस बाँकेबाट सहमहामन्त्री राठौरसहित २२ जनाको नाम सिफारिस

नेपालगन्ज । नेपाली कांग्रेसले बाँकेबाट आगामी फागुन २१ गते हुने

सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकार र जेनजी प्रतिनिधिबीच १० बुँदे सहमति

वहुविवाह आरोपमा डीएसपी मधु नेपाल पक्राउ

बुटवल । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपार्ल