१८ माघ २०८२, आइतबार | February 1, 2026

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता गच्छदारद्वारा अदालतसमक्ष आत्मसमर्पण



काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अदालतसामु आत्मसर्पण गरेका छन् ।

ललिता निवास प्रकरणमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लागेपछि फरारको सूचिमा रहेका नेता गच्छदार आज अदालतमा हाजिर भएका हुन् । उनी विरुद्ध बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित चारमन्त्री, तीन पूर्वसचिवसहित ११० जनामाथि विशेष अदालतमा २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद पठाएको थियो । तर, गच्छदार अदालतमा उपस्थित नभएपछि पुनः म्याद जारी गरेको थियो । पहिलो म्याद गच्छदारको सुनसरीस्थित ठेगानामामा तामेल भएपनि दोस्रो म्याद काठमाडौंको ठेगानामा तामेल गराएको थियो ।

अब अदालतमा समर्पण गरेपछि गच्छादरसँग बयान लिइनेछ भने थुनछेकको बहस हुनेछ । यसअघि पूर्वमन्त्री चन्द्रदेव जोशी र छविराज पन्त अदालतमा हाजिर भैसकेका छन् । विशेष अदालतले जोशीलाई साधारण तारेखमा छोडेको थियो भने पन्तसँग पाँचलाख धरौटी लिएको थियो । गच्छदारले सरकारी जग्गालाई व्यक्तिको नाममा बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेर गैरकानूनी कार्य गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ०९ बजे

रुपन्देही उद्योग संघले बनायो २ वर्षे कार्ययोजना

बुटवल । रूपन्देही उद्योग संघले आगामी दुई वर्षको कार्ययोजना तयार

इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा

दुबई । इरानका सभामुख मोहम्मद बाघेर कालिबाफले आइतबार इस्लामिक गणतन्त्रले

रुपन्देहीको विकास अध्ययन गर्न योजनाविदलाई बिष्णु पौडेलको आग्रह

बुटवल । पूर्वउपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष बिष्णु

भारतको बजेट : पूर्वाधार र उत्पादनमा ठूलो लगानी

नयाँदिल्ली । प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले अस्थिर वित्तीय बजार र

नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (माओवादी) ले गरिब जनताको आर्थिक