१ असार २०८३, सोमबार | June 15, 2026

ललिता निवास प्रकरणमा भ्रष्टाचार मुद्दा लागेका कांग्रेस नेता गच्छदारद्वारा अदालतसमक्ष आत्मसमर्पण



काठमाडौं । भ्रष्टाचारको मुद्दा लागेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारले अदालतसामु आत्मसर्पण गरेका छन् ।

ललिता निवास प्रकरणमा गच्छदारविरुद्ध ९ करोड ६५ लाख ७६ हजार बिगो माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लागेपछि फरारको सूचिमा रहेका नेता गच्छदार आज अदालतमा हाजिर भएका हुन् । उनी विरुद्ध बालुवाटारस्थित ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाई भ्रष्टाचार गरेको आरोप लागेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गच्छदारसहित चारमन्त्री, तीन पूर्वसचिवसहित ११० जनामाथि विशेष अदालतमा २०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो। त्यसपछि विशेष अदालतले १५ दिनभित्र अदालतमा उपस्थित हुन म्याद पठाएको थियो । तर, गच्छदार अदालतमा उपस्थित नभएपछि पुनः म्याद जारी गरेको थियो । पहिलो म्याद गच्छदारको सुनसरीस्थित ठेगानामामा तामेल भएपनि दोस्रो म्याद काठमाडौंको ठेगानामा तामेल गराएको थियो ।

अब अदालतमा समर्पण गरेपछि गच्छादरसँग बयान लिइनेछ भने थुनछेकको बहस हुनेछ । यसअघि पूर्वमन्त्री चन्द्रदेव जोशी र छविराज पन्त अदालतमा हाजिर भैसकेका छन् । विशेष अदालतले जोशीलाई साधारण तारेखमा छोडेको थियो भने पन्तसँग पाँचलाख धरौटी लिएको थियो । गच्छदारले सरकारी जग्गालाई व्यक्तिको नाममा बनाउन मन्त्रिपरिषद्मा प्रस्ताव लगेर गैरकानूनी कार्य गरेको अभियोग लागेको छ ।

प्रकाशित मिति : ३० असार २०७८, बुधबार  ११ : ०९ बजे

प्रतिनिधिसभा : राष्ट्रियताका सवालमा विपक्षीबाट सरकारको जवाफ माग

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरुले राष्ट्रियताको सवालमा नेपाल

प्रकृति, संस्कृति र इतिहासको अनुपम सङ्गम रघुगङ्गा

म्याग्दी । रघुगङ्गाको परिचय केवल पहाड र हिमालसँग मात्र सीमित

परराष्ट्रमन्त्री खनाल र विदेशमन्त्री वाङबीच द्विपक्षीय वार्ता हुँदै

काठमाडौं । चीनको चार दिने औपचारिक भ्रमणमा खनाल परराष्ट्रमन्त्री शिशिर

सुनको मूल्य तोलामा पाँच हजारले बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु

रसुवागढीमा कैलाश मानसरोवर जाने तीर्थयात्रीको चाप

रसुवा । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल-चीन सीमा रसुवागढी नाकामा