२६ बैशाख २०८१, बुधबार | May 9, 2024

बजेट पारित नहुने देखेपछि लुम्बिनीमा सत्तापक्षबाट प्रदेशसभा बहिस्कार



बुटवल । लुम्बिनी प्रदेशसभा बैठक सत्तापक्षले बहिस्कार गरेको छ । प्रदेशसभामा आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट पारित हुने सम्भावना नदेखेपछि सत्तापक्षले बैठक बहिस्कार गरेको हो ।

सत्तापक्षले बैठक बहिस्कार गरेपछि सभामुख पूर्ण घर्तीले ऐतिहासिक परिघटना भन्दै बैठक आधा घण्टाका लागि स्थगित गरेका छन् ।

बजेट पारित हुनैपर्ने अन्तिम दिन मुख्यमन्त्री शंकर पोखरेलले बजेटबारे उठेका प्रश्नको जवाफ दिए लगत्तै मतदानको प्रक्रिया शुरु हुनु अघि सत्तापक्षबाटै बैठक बहिस्कार भएको हो ।

मुख्यमन्त्री पोखरेलसहित सत्ता पक्षका सबैमन्त्री र सदस्यहरु सभाबाट बाहिरिएपछि सभामुख पुर्ण घर्तीले बैठक स्थगित गरे ।

सरकारले संसदमा प्रस्तुत गरेको बजेट सम्बन्धमा छलफ सकिएर आज बिभागिय मन्त्रीहरु सहित मुख्यमन्त्री पोखरेलले जवाफ दिएपछि मतदानमा जाने प्रक्रिया शुरु भएको थियो ।

मुख्यमन्त्रीको जवाफ सकिए लगत्तै सभामुखसँग समय मागेर एमाले संसदीयदलका प्रमुख सचेतक भुमिश्वर ढकालले छलफलका लागि समय माग गरेपनि विक्षीहरुको तर्फबाट छलफलमा बस्न अस्विकार गर्दै प्रक्रियामा लैजान माग गरेका थिए । त्यसपछि सत्तापक्षका सबै सदस्यहरु बैठक छाडेर बाहिरिएका थिए ।

लुम्बिनी प्रदेशसभामा सत्ता पक्ष र विपक्षीको आसनमा ४१/४१ जना सदस्यहरु उपस्थित थिए ।

लुम्बिनी प्रदेशसभाका विपक्षीहरुले बजेट प्रस्तुती र छलफलमा सहभागी भएपनि आफुहरुसंग बहुमत भएको भन्दै प्रदेशसभामा बजेट फेल बनाउने रणनीति तय गरेका छन् । निर्णायक अवस्थामा मतदान गर्न पाउने सभामुखले विपक्षमा मतदान गर्ने आंकलन गरिएको छ । सभामुख घर्ती विपक्षी माओवादी केन्द्र निकट रहेका छन् ।

 

प्रकाशित मिति : ३१ असार २०७८, बिहिबार  ५ : ०६ बजे

आठ दिनअघि कलङ्कीबाट हराएकी छात्रा पशुपति क्षेत्रमा भेटिइन्

काठमाडौं । आठ दिनअघि काठमाडौँको कलङ्कीबाट हराएकी चितवनकी २० वर्षीया

यात्रु भएर गृहसचिव विमानस्थल छिर्दा…..

काठमाडौं । गृह सचिव एकनारायण अर्यालले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित

राष्ट्रपतिका आर्थिक विज्ञ डा नेपालद्वारा स्पष्टोक्ति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक विज्ञ डा चिरञ्जीवी नेपालले

भृकुटीमण्डपको खुला (हङकङ)बजार व्यवस्थित गर्न मन्त्री चौधरीको निर्देशन

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले

China’s Xi welcomed with ‘respect and love’ in Serbia

Serbia’s President Aleksandar Vucic reaffirmed his strong support for China’s