१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

आजको मौसम : भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह



काठमाडौं । देशभर शुक्रबारको मौसममा सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मुलुकका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले जानकारी दिएका छन । लुम्बिनी तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा मेघगर्जनर चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार राति पनि दिउँसोको जस्तै मौसमी प्रणाली रहने छ । राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश २, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।

हाल नेपालमा देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार अहिले बिहान देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका एकरदुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनु मौसमविदले आग्रह गरेका छन ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ५८ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले