२७ चैत्र २०८२, शुक्रबार | April 10, 2026

एमाले स्थायी कमिटी बैठक : परमादेशबाट जनताको सरकार ढालिएको अध्यक्ष ओलीको आरोप



 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक जारी छ ।

ललितपुरको बालकुमारी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बासिरहेको बैठकमा अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरु सहभागी छन् ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले षड्यन्त्रपूर्वक परमादेशको नाममा पार्टीलाई सरकारबाट हटाइएको आरोप लगाए । अध्यक्ष ओलीले अदालतले आफुहरुमाथि अन्याय गरेको बताउँदै पार्टीले अब सशक्त प्रतिपक्षको भूमिका खेल्ने स्पष्ट पारे ।

ओलीले परमादेशबाट हटाइएपनि जनादेश आफ्नो पक्षमै भएको दाबी गरे । उनले अब जनतामा गएर पुनः समर्थन प्राप्त गर्ने बताए । उनले अबको पार्टीको कार्यदिशा संगठन निर्माण र संघर्ष भएको बताए ।

सत्तारुढ दलबाट तीनवर्षपछि प्रमुख प्रतिपक्षी दलमा पुगेपछि एमालेको स्थायी कमिटी बैठक पहिलो पटक बस्न लागेको हो । यसअघि सबै बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।

बैठकमा सर्वोच्च अदालतको फैसला, पार्टीको सांगठानिक काम र पार्टी एकता कार्यदलले पेश गरेको १० बुँदे सहमति लगायतका एजेण्डामाथि छलफल हुँदैछ ।

अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायत उनी निकट नेताहरुले सर्वोच्च अदालतको फैसलाको चर्को विरोध गरेका छन् । तर, माधवकुमार नेपाल पक्षधर नेताहरुले भने फैसलाको स्वागत गरेका छन् ।

बैठकमा भाग लिन नेपाल पक्षका सबै नेताहरुलाई पनि सूचना पठाएपनि उनी निकट नेताहरु उपस्थित भएका छैनन् । तर नेपाल पक्षबाट विवाद समाधान कार्यदलमा रहेका नेताहरु भने बैठकस्थल पुगेर सहमतिका लागि अध्यक्ष ओलीसँग आग्रह गरेका थिए । तर, ओलीले बैठक सार्न अस्वीकार गरेपछि नेपाल पक्षीय नेताहरु अनुपस्थित भएका हुन् ।

असार १८ गते बसेको एमाले केन्द्रीय कमिटी बैठकले पार्टीको स्थायी कमिटीलाई २०७५ जेठ २ गतेको अवस्थामा पुरयाएको थियो । जसअनुसार माओवादी केन्द्र परित्याग गरेर एमाले बनेका केही नेताहरु एवं पछि मनोमित नेताहरु गरी स्थायी कमिटी ३३ सदस्यीय बनेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १६ बजे

‘श्रम स्वीकृति’ सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं । वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु

तनहुँ । नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ

ठिनीमा स्याउ चिस्यान गृह निर्माण

मुस्ताङ । घरपझोङ गाउँपालिका–५ ठिनीमा स्याउ सङ्कलन तथा चिस्यान गृह

त्रिवेणी गाउँपालिकामा अदुवा बिक्रीबाट मात्रै पाँच करोड ५६ लाख ५० हजार भित्रियो

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा यस वर्ष अदुवा

दुई सय तेइस जनामा ‘सिकलसेल एनिमिया’

कञ्चनपुर । कञ्चनपुरको लालझाँडी गाउँपालिकाका दुई सय २३ जनामा ‘सिकलसेल