७ आश्विन २०८३, बुधबार | September 23, 2026

दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो छ : सभामुख सापकोटा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले समग्र बदलिँदो परिस्थितिलाई विश्लेषण गर्दै हरेक हिसाबले दलहरुबीच बृहत्तर राष्ट्रिय एकताको खाँचो रहेको बताएा छन् ।

सङ्घीय संसद् आइतबारदेखि शुरु हुने अधिवेशनको व्यवस्थापन तयारीको निरीक्षणपछि सञ्चारकर्मीको जिज्ञासामा सभामुख सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताए।

सभामुख सापकोटाले भने, “बृहत् राष्ट्रिय एकताको शक्तिशाली सन्देश दिने थलो प्रतिनिसभा हो, यो अहिलेको आवश्यकता हो, यहाँबाट यो सन्देश दिनुपर्छ भन्ने मेरो मत छ, दलहरुसँग समन्वय गर्नेमा इमान्दारी र निष्ठाका साथ प्रयत्न गर्ने छु ।”

सापकोटाले जनताको आशालाई विश्वासमा परिणत गर्न सबैले नयाँ परिवेशमा नयाँ ढङ्गले विगतका अनुभवको समीक्षा गर्दै व्यवस्थापन, प्रस्तुति र छलफलको वातावरण बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याए । दलहरुबीचको सहमति र सहकार्यले संसद्लाई जीवन्त, जनमुखी, चलायमान र गतिशील बनाउने वावरण सिर्जना हुने उनले बताए ।

सभामुख सापकोटाले भने, “सदनको यस अधिवेशनले जनतालाई आशाको सञ्चारको सन्देश जाने गरी अधिवेशन शुरु हुने छ, वातावरण बनाउन दलबीचको समझदारी निर्णायक हुन्छ ।” उनले दलहरुबीचको समझदारी र सरकारले दिने विजनेशका आधारमा अधिवेशन अघि बढ्ने भएकाले त्यसमा सहमति र समवन्यमा आफूले पहलकदमी लिने विश्वास दिलाए ।

कोरोना सङ्क्रमण कायममै रहेको अवस्थामा शुरु हुन लागेको संसद्को अवधिवेशनका लागि स्वास्थ्य मापदण्ड पूरा गरी गरिनुपर्ने सबै तयारी पूरा भएको संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : २९ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई