१२ बैशाख २०८१, बुधबार | April 24, 2024

रुपन्देहीमा ३ कोरा ईभेन्ट हुदै



बुटवल । रुपन्देहीमा यो वर्ष एकैपटक ३ वटा कोरा कार्यक्रम हुन लागेको छ । सामरिक, पर्यटकिय नगरी बुटवलमा दुई तथा सैनामैनामा समेत गरि ३ वटा ईभेन्टहरु हुदैछन ।
बुटवलमा रुपन्देही जिल्ला साईकल संघ र पाच वटा क्लबहरुको दुई वटा तथा साईकल साथी सैनामैनाको आयोजनामा सैनामैना कोरा हुने भएको हो ।
शुक्रबार एक समारोहका बिच ‘बुटवल कोरा २०२१, साईक्लिङ च्यालेन्ज’ कार्यक्रमको टिसर्ट लन्च गरिएको छ । ‘स्वस्थ्यका लागि साईकल, राष्ट्रका लागि साईकल’ भन्ने नारासहित बिबि ग्रुप, लिओक्स बुटवल, आवास ग्रुप, एभरेष्ट पानी उद्योग, एशियन विस्कुट एण्ड कन्फेस्नरी प्रालि, देवदह मेडिकल कलेज, शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्र, नवज्योती युवा क्लब, सुरक्षित यात्रा अभियान नेपालको सहयोगको आर्थिक सहयोग तथा रुपन्देहीका पाच वटा साईकल क्लबहरुको आयोजनामा हुने कार्यक्रमको तयारी पुरा भएको कार्यक्रमका संयोजक किरण श्रेष्ठले बताए ।
कोराको उदेश्य अनुसार नै पवित्र मनका साथ धार्मिक तीर्थाटनको गोलाकार स्थललाई दाहिने पारेर परिक्रमा गरिने गरि रुट तयार भएको उनले बताए । कोभिड संक्रमणको जोखिमका बेला साईक्लिङ ब्यायमको उपयुक्त उपाय बनेको स्मरण गर्दै उनले रुपन्देहीमा पछिल्लोसमय साईकल मोह बढेको बताए । तिलोत्तमा र बुटवलका धार्मिक, पर्यटकिय स्थलहरु समाबेश भएको रयाली करीब ५० किलोमिटर हुने उनले बताए ।
कार्यक्रमममा बुटवल युनाईटेड साईक्लिङ क्लब, साईकल सिटि बुटवल, तिनाउ साईकल क्लब, बुटवल साईक्लिङ ग्रुपको संयुक्त आयोजनामा शनिबार तिलोत्तमा नगरपालिकाको शंकरनगर बनबाटिका तथा अनुसन्धान केन्द्रबाट शुरु हुने साईकल सिटि बुटवलका अध्यक्ष बिनोदजंग कार्कीले बताए । विश्वभर जुलाई १७ गते एकै दिन कोरा गरिने भन्दै उनले धार्मिक स्थलहरुको पहिचान, एकता र सामाजिक भावना विकास गर्ने पवित्र चाडका रुपमा रहेको बताए । दैनिक जिवनमा साईकलको बढीभन्दा बढी प्रयोग गर्नसके पर्यावरण जोगाउन योगदान मिल्ने उनले बताए ।
बुटवल युनाईटेड साईक्लिङ क्लबका अध्यक्ष उत्तम श्रेष्ठ, तिनाउ साईकल क्लबका अध्यक्ष अर्जुन श्रेष्ठ, साईकल सिटीका मनिक बिश्वकर्माले युवाहरुलाई एकतावद्ध गराउदै सामाजिक कार्यमा अग्रसर गराउन साईक्लिङ एउटा माध्यमका रुपमा रहेको बताए ।
बुटवल साईकल क्लबका अध्यक्ष शिवशंकर चौधरीले साइकल रहरसंगै यस क्षेत्रमा ब्यवसायीक हुदै गएको बताए । साईकल बिक्री, मर्मतको सेवामा संलग्न भएर तराई क्षेत्रमा ठुलो समुह रहेको उनले बताए ।
यता सैनामैना नगरपालिकाको आर्थिक सहयोगमा हुने सैनामैना कोरामा विश्व साईकलयात्री पुस्कर शाह सहभागी हुने आयोजक साईकल साथी सैनामैनाको अध्यक्ष गगन रानाले बताए । मुर्गियाको लुम्बिनी गेटबाट शुरु हुने साईकल रयाली रिग रोड परिक्रममा गर्दै ५४ किलोमिटरको दुरी पार गर्ने उनले उनले बताए । सैनामैनाको पर्यटकिय स्थलहरु रानीकुवा, राजाकुवा, पर्रोहा मन्दिर, बक्सर डाडा हुदै क्रिकेट स्टेडियम, सिमसार क्षेत्र, चंकीपुर भ्याली लगायत परिक्रममा गर्ने उनले बताए ।
‘हामीले रजिष्टेसन शुल्क बराबरको मुल्य सामाजिक कार्यमा लगाउने लक्ष्य रहेको छ ।’-उनले भने । यसैगरि नगरपालिकाको सहयोगमा ग्रिन पार्क विकास गर्ने लक्ष्य समेत अघि बढाएको उनले बताए । संघले आयोजना गरेको कोराको शुल्क ५ सय रुपैया राखिएको छ भने पाच वटा क्लब र सैनामैना कोराको शुल्क भने एक सय रुपैया रहेको छ । काठमाडौं उपत्यकासहित पोखरा, हेटौडा, नेपालगंज, बुटवलमा गरि कोरा कार्यक्रम गरिदै छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : १७ बजे

बुटवलमा रहेको सिद्धबाबा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि ७ औं वर्षमा प्रवेश

बुटवल । युवा विशेषज्ञ चिकित्सकहरुको लगानीमा स्थापना भएको बुटवलमा सञ्चालित

महोत्तरीको मटिहानीमा सयौ घर जलेर नष्ट, आगो अझैँ नियन्त्रण बाहिर

महोत्तरी । महोत्तरीको मटिहानी नगरपालिकाको वडा नं.६ स्थित जरलहवा गाछीमा

रविको दाबी – हरेक महिना ठूलो भ्रष्टाचारीलाई पक्रन्छु भनेको छु, सप्राइज कुरेर बस्नु होला

इलाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि

तिलोत्तमाको जंगलमा डढेलो निभाउन गएको दमकल आफै जलेर ध्वस्त

बुटवल । रुपन्देहीमा डढेलो निभाउन गएको एक दमकल आफै डढेलोको

कर्णालीका नवनियुक्त मन्त्री परियारले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्री रणसिंह परियारले पद तथा