१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

सुन्तला कृषकको बगैंचामा पुगेर महानगरको अनुदान वितरण



पोखरा । पोखरा महानगरपालिका कृषि महाशाखाले चालू आवको अनुदान रकम हस्तान्तरण गरेको छ । पोखरा-२१ फेदीपाटनस्थित कृषकको बगैंचामा पुगेर चालू आवको अनुदान रकम हस्तान्तरण गरिएको हो ।

गण्डकी प्रदेश कृषि निर्देशनालयका निर्देशक वासु रेग्मीले कृषकलाई अनुदान रकम वितरण गर्दै सुन्तलाको शत्रुको रुपमा फैलिएको सिक्टस ग्रिनीङजस्तो भाइरसबाट बोट बचाउनका लागि बोडोपेस्ट र बोडो मिक्स्चर स्प्रे रामवाणको रुपमा रहेको बताए ।

सुन्तला बगैंचाको राम्रो व्यवस्थापनसँगै आवश्यक कीटनाशक औषधि मापदण्डअनुसार प्रयोग गर्ने हो भने ५० प्रतिशत रोग लागेका बोटलाई थप ५ वर्षसम्म बचाएर उत्पादनसमेत लिन सकिने बताउँदै उनले बाहिरबाट खरिद गरेर ल्याएको बिरुवामा रोगको संक्रमण फैलिन सक्ने हुँदा कलमीतर्फ ध्यान दिन कृषकलाई सुझाव दिए ।

कार्यक्रममा सो क्षेत्रमा सबैभन्दा बढी अनुदान प्राप्त गर्ने कृषक प्रकाश पौडेलले रोगसहित असिना, जंगली जनावर लगायतबाट कृषकले ठूलो क्षति व्यहोर्दै आएको बताउँदै स्थानीय तहबाट उत्पादित सुन्तलाको मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता औंल्याए । ४ दशकअघि आफ्ना बुवाले शुरू गरेको व्यावसायिक सुन्तलाखेतीबाट अहिलेसम्म जीविकोपार्जन हुँदै आएको बताउँदै उनले लगभग ४० रोपनी जग्गामा ६०० भन्दा बढी बोटले उत्पादन दिँदै आएको जानकारी दिए ।

सुन्तला बिक्रीबाट समय राम्रो हुँदा ८ लाखसम्म आम्दानी गरेका उनले अघिल्लो वर्ष बारम्बार परेको असिनाको कारण १ लाख रुपैयाँमा चित्त बुझाउनुपरेको दुखेसो सुनाए । उनले सुन्तला बगैंचा व्यवस्थापन एवं सुदृढ गरेबापत यस वर्ष ६० हजार २०० रुपैयाँ नगद प्राप्त गरेका थिए ।

कुनै बेला कास्की पोखराको सुन्तला भनी चासो र चर्चा कमाएको यहाँको सुन्तला खेती पछिल्लो १ दशकयता सुस्ताउँदै आएको छ । सिक्टस ग्रिनीङ भाइरसको मारमा जिल्लाका भरतपोखरी, हंशपुर लगायतका स्थानमा सखापै भएको सुन्तला निर्मलपोखरीका दोपहरे, खरच्याङ, फेदीपाटन, मास्पाटन लगायतका स्थानमा भने अझै पनि फल्दै आएका छन् । रासस

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ८ : ४६ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट चौध जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी । बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा १०

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल

रामनवमीका अवसरमा उपराष्ट्रपति यादवद्वारा शुभकामना व्यक्त

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले हिन्दु धर्मावलम्बीहरूको महान् पर्व रामनवमी

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही । घोराही उपमहानगरपालिका-१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको