१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

पोखरा महानगरपालिकाद्वारा कृषि उपजको समर्थन मूल्य प्रदान



कास्की । पोखरा महानगरपालिकाले उत्पादन लागतमा नोक्सानी व्यहोरेका १६ कृषि फार्मलाई न्यूनतम समर्थन मूल्य प्रदान गरेको छ । महानगरपालिकाले विभिन्न ३५ प्रकारका कृषि उपजको समर्थन मूल्य तोकेको छ । पोखरामा बुधबार आयोजित कार्यक्रममा महानगर प्रमुख धनराज आचार्यले किसानलाई रकम प्रदान गरेका हुन । महानगरले ६० हजार चार सय ४१ केजी च्याउ, २५ हजार चार सय १७ केजी गोलभेँडा, नौ हजार पाँच सय २० केजी सिमी र दुई सय ९१ केजी कोदो गरी ९५ हजार छ सय ६९ केजी कृषि उपजको रु २६ लाख ७९ हजार सात सय ६१ समर्थन मूल्य प्रदान गरेको हो ।

पोखरा महानगरपालिकाभित्र उत्पादन भएका तर तोकिएको मूल्य नपाएका किसानलाई प्रोत्साहनका लागि समर्थन मूल्य प्रदान गरिएको आर्थिक विकास महाशाखाका प्रमुख मनहर कडरियाले बताए । उनका अनुसार बाहिरबाट आउने उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्दा किसान विस्थापित हुँदै गएकाले त्यसलाई रोक्न महानगरले ३५ कृषि उपजको समर्थन मूल्य तोकेको उल्लेख गरे ।

यदि किसानले आफ्ना उत्पादन समर्थन मूल्यभन्दा कममा बेच्नुपरेमा महानगरले बाँकी रकम किसानलाई दिन्छ । न्यूनतम समर्थन मूल्य तोकिएका बालीको दाबी गर्नका लागि किसानले आफूले लगाएको बालीको नाम, जात र क्षेत्रफल अग्रिमरूपमा दर्ता गर्नुपर्छ । न्यूनतम समर्थन मूल्य प्राप्त गर्ने किसानमा चिसापानी च्याउ फार्म पोखरा-२२ का सन्दीपबहादुर क्षेत्रीले समर्थन मूल्यबापत ११ हजार एक सय ६६ केजी च्याउको रु चार लाख ८५ हजार नौ सय ४० प्राप्त गरे ।

भुर्जङ्खोला च्याउ फार्म पोखरा-१९ का सुष्मा सुनार गहतराजले सात हजार पाँच सय ६० केजी च्याउको रु तीन लाख ६२ हजार नौ सय २०, शोभा अग्र्यानिक मल्टिएग्रो फार्म पोखरा-२६ का मुकुन्द खड्काले नौ हजार सात सय १४ केजी च्याउको रु तीन लाख १७ हजार ४४, ग्रिन लाइम मसरुम फार्म पोखरा-२४ का चोविन्द्रबहादुर कुँवरले रु तीन लाख एक हजार सात सय ४० पाएका छन ।

यसैगरी सुवेदी च्याउ तथा तरकारी फार्म पोखरा-३३ का प्रताप सुवेदीले नौ हजार एक सय १३ केजी च्याउको रु तीन लाख आठ सय २२, काँहु सिस्नेरी एग्रो फार्म पोखरा-११ का ध्रुवबहादुर थापाले पाँच हजार दुई सय २५ केजी च्याउको रु एक लाख ७४ हजार दुई सय २६, भोर्लेटार च्याउ उद्योग पोखरा-३२ का मनोरञ्जन पौडेलले छ हजार दुई सय तीन केजी च्याउको रु एक लाख ६८ हजार सात सय छ पाएका छन ।

अधिकारी अग्र्यानिक च्याउ फार्म पोखरा-१४ का मीना अधिकारीले दुई हजार सात सय २४ केजी च्याउको रु ८३ हजार चार सय ४४ र विमु अधिकारी च्याउ फार्म पोखरा-१४ का हरिमाया अधिकारीले एक हजार दुई सय ५६ केजी च्याउको रु ४९ हजार छ सय महानगरबाट समर्थन मूल्य प्राप्त गरेका हुन ।

यसैगरी एसके कँडेल कृषि फार्म पोखरा-२८ का सन्तोष कँडेलले तीन हजार नौ सय ५० केजी सिमीको रु ६९ हजार नौ सय ५०, पोखरा कुखुरा तथा कृषि फार्मका रिलेस बस्यालले तीन हजार छ सय ७० केजी सिमीको रु ६२ हजार आठ सय ९०, राति पोखरी कृषि फार्म पोखरा-२२ का अग्निमाया बरालले आठ सय २५ केजी सिमीको र एक हजार सात सय ५४ केजी गोलभेँडाको रु ३५ हजार चार सय २१, निलम कृषि फार्म पोखरा-१४ का यामबहादुर घर्तीले दुई हजार ६७ केजी गोलभेँडाको रु २३ हजार चार सय ७५ बुझे ।

रोशन एण्ड रोहित कृषि फार्म पोखरा-१४ का रमेश खनालले २१ हजार तीन सय १४ केजी गोलभेँडाको रु दुई लाख १९ हजार तीन सय २९, पोखरा हिमाल कृषि फार्म पोखरा-१४ का बुद्ध गुरुङले एक हजार ७५ केजी सिमी र दुई सय ८२ केजी गोलभेँडाको रु १५ हजार पाँच सय २४ र हरियाली कृषि फार्म पोखरा-३३ का शुकदेव सुवेदीले दुई सय ९१ केजी कोदोको रु आठ हजार सात सय ३० पाए ।

किसानलाई समर्थन मूल्य प्रदान गर्दै प्रमुख आचार्यले महानगरपालिका किसानको साथमा रहेको बताए । “कृषि उपजको सुरक्षित ढुवानीका लागि सञ्चालन गरिएको कृषि एम्बुलेन्स र समर्थन मूल्य कृषि व्यवसाय र किसानका लागि निकै महत्त्वपूर्ण छन्”, प्रमुख आचार्यले भने ।

कृषि व्यवसायमा लागेका किसान हतोत्साहित हुन नपरोस् भनी यसलाई थप प्रभावकारी बनाइएको महानगरले जनाएको छ । समर्थन मूल्य प्राप्त गरेपछि किसानले कृषि व्यवसायका क्रममा आफूले व्यहोर्नुपरेको नोक्सानीमा मल्हम लगाउन महानगरपालिका सारथी बनेको र यसले आफूहरूलाई प्रोत्साहन मिलेको किसानहरूको भनाइ छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०८०, बिहिबार  ८ : ०६ बजे

इलाम-२ मा रास्वपाका उमेदवार मिलन लिम्बूसहित १६ जना उम्मेदवारको जमानत जफत

इलाम । प्रतिनिधिसभा इलाम क्षेत्र नं २ मा इलाम-२ मा

इजरायल र हमासबीच युद्ध विरामको संकेत

काठमाडौं । ६ महिनाको युद्धपछि इजरायल र हमासबीच २४ घण्टामा

गर्मीका कारण बङ्गलादेशका विद्यालय पुनः बन्द

एजेन्सी । बङ्गलादेशको एक अदालतले गर्मीका कारण सोमबार देशभरका विद्यालय

बार्सिलोनाको जितमा लेवानडोस्कीको ह्याट्रिक

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले भलेन्सियालाई पराजित गरेको

दिल्लीमाथि कोलकोता ७ विकेटले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत कोलकोता नाइट राइडर्सले