२९ चैत्र २०८२, आइतबार | April 12, 2026

माओवादी अध्यक्ष प्रचण्ड र एमाले वरिष्ठ नेता नेपालबीच भेटवार्ता



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

नेता नेपालसँग छलफल गर्न अध्यक्ष प्रचण्ड शनिबार दिउँसो साढे १ बजे नेपाल निवास कोटेश्वर पुगेका थिए । दुई नेताबीच विकसित राजनीतिक घटनाक्रम र सरकारको विषयमा छलफल भएको बताइएको छ ।

सर्वोच्च अदालतको आदेशमा प्रतिनिधिसभा पुनर्स्थापना भएपछि भोलि संसदको दुवै सदनको बैठक बस्दैछ । सत्ता गठबन्धनको बलियो सारथी बनेको एमालेको नेपाल पक्षले सरकारलाई विश्वासको मत दिने जनाएको छ ।

दलहरुको संयुक्त संघर्षबाट प्राप्त संसदको बाँकी अवधिलाई जोगाउनका लागि नेपाल पक्षको मत अनिवार्य भएको छ । प्रचण्ड र नेपालबीच यस विषयमा समेत छलफल भएको बताइको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ४२ बजे

प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षमा निधन

मुम्बई । भारतीय संगीतकी प्रख्यात गायिका आशा भोसलेको ९२ वर्षको

राष्ट्रपति पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष दाहालको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपति

अमेरिका-इरान वार्ता स्थगित, मतभेद कायमै

इस्लामावाद । अमेरिका र इरानबीच पाकिस्तानको इस्लामाबादमा भएको उच्चस्तरीय वार्ता

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौं । नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका-४

विमानस्थलका विद्युत् पोल नहट्दा सडक निर्माण प्रभावित

गण्डकी । पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा लगिएको ११ केभी डेडिकेटेड विद्युत्