३ पुस २०८२, बिहिबार | December 19, 2025

कोरा च्यालेन्ज बुटवल सम्पन्न



बुटवल । साईक्लिस्टहरुको पर्वको रुपमा रहेको कोरा च्यालेन्ज बुटवलमा शनिबार सम्पन्न भएको छ । रुपन्देही जिल्ला साईक्लिङ संघले आयोजना गरेको कोरा बुटबलमा करीब ५० बढी साईकिलीस्टहरुले सहभागिता जनाएका थिए ।

रुपन्देहीमा रहेका धार्मिक क्षेत्रहरुको अवलोकन तथा प्रचार प्रसार गर्ने उद्देश्यसहित आयोजित कार्यक्रममा रुपन्देही तथा नवलपारासस्का साईक्लिस्टहरुको सहभागिता रहेको थियो । कोरा बुटवलको अवसरमा बोल्दै बुटवल उपमहानगरका नगर खेलकुद विकास समितीका अध्यक्ष नन्दु काउचाले उपमहानगरले छुट्टै साइकिल ल्याण्ड निर्माणका लागि बजेटको व्यवस्था गरेको जानकारी दिए । साईकल चलाउनेहरु पनि खेलाडी हुन भन्ने धारणासहित समावेश गरेर लैजाने योजना रहेको बताउँदै उनले साईक्लिङ बिकास तथा बिस्तार गर्न बुटवल उपमहानरपालिका खेलकुद विकास समिती सधै तयार रहेको उल्लेख गरे ।

रुपन्देही जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष पुकार थापाले कोरा साईक्लिङ्गहरुका लागि चाड भएको बताए । कोरा आफैमा रमाईलो खेल रहेको बताउँदै उनले यसपाली कोरोना माहामारीका कारण विशेष बनाउन नसकिएको बताए । बुटवल र तिलोतमा क्षेत्रका धार्मिक तथा प्रर्यटकीय क्षेत्रको अवलोकन तथा प्रचार प्रसार गर्ने गरी बुटवल कोराको आयोजना गरिएको थियो । आजकै दिन विश्वभरका साईकल यात्रीले एकैपटक एकैदिन साईकल यात्रामा निस्कने प्रचलन रहेको छ ।

कोरा शब्द तिब्बती भाषा हो । यसको अर्थ धार्मीक स्थलहरु मठ मन्दीर तथा पबित्र स्थलहरुको पवित्र मनले दाहिने पारेर परिक्रमा गर्नु भन्ने बुझिन्छ । आफैले आफैलाई दिइने चुनौती पूरा गर्नु कोराको मुख्य उद्देश्य रहेको बुटवल कोराकी संयोजक एक्कु कुमारी थापाले बताईन । कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्ली नारायण पाण्डे, लायन्स क्लब अफ बुटवल खस्यौलीका बिस्णु उपाध्याय, सचिव अशोक राई, वरिष्ठ उपाध्यक्ष धिरेन्द्र तुलाधर लगायतले शुभकामना व्यक्त गरेका थिए ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ६ : ३१ बजे

कालिका कप २०८२ : भलिवल र कबड्डीमा नकआउट चरणका खेल सकिए

बुटवल । कालिका मानवज्ञान माविको ६५ औ बार्षिक उत्सवको अवसरमा

जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले जेनजी आन्दोलनका क्रममा सुन्धारा कारागारबाट भागेका

एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनले समसामयिक विषयमा

तदर्थ समिति गठन गर्ने सहमति पछि वरिष्ठ अधिवक्ता गुप्ताले तोड आमरण अनशन

नेपालगन्ज । अदालतको आदेश कार्यान्वयन नगरिएको भन्दै कार्यान्वयनको माग राखेर

निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु हो : अर्थमन्त्री रामेश्वर खनाल

बुटवल । अर्थमन्त्री रामेश्वर खनालले अहिलेको संकट समाधान गर्न निर्वाचनको