१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

प्रतिनिधिसभा बैठकअघि एमाले स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । सर्वोच्च अदालतको फैसलाले दोस्रो पटक पुनर्स्थापित प्रतिनिधिसभा बैठक बस्नअघि आज नेकपा एमालेको स्थायी कमिटी बैठक बस्दैछ ।

बैठक ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

बैठकले केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्ने तथा विधान अधिवेशनको तयारीबारे छलफल गर्नेछ । एमालेले केन्द्रीय कमिटी बैठक सोमबार डाकेको छ ।

पार्टी संरचना २०७५ जेठ २ गते अगाडि फर्काउँदै आइतबारको बैठकमा नेपाल पक्षका नेतालाई समेत डाँकिएको छ । तर कार्यदलको सहमतिअनुसार वरिष्ठ नेता माधव कुमार नेपालसँग सल्लाह गरेर मात्रै बैठक डाक्न सो समूहका दोस्रो तहका नेताहरुले आग्रह गरेका छन् ।

तर अध्यक्ष ओलीले कार्यदलको सहमतिलाई अनुमोदन गरेर अघि बढेकाले अब बैठकमा सहभागी भएर पार्टी काममा लाग्ने बाटो खुलेको जवाफ दिएका छन् ।

सहमतिका लागि भन्दै पार्टीको बैठक अब नरोकिने उनले अडान लिएका छन् । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ७ : ४८ बजे

माइन, मिसाइल र लामो समुद्री तट : हर्मुज जलडमरूमा इरानको बलियो पकड

पश्चिम एशियाको हर्मुज जलडमरु लगभग चार हप्तादेखि प्रभावकारी रूपमा बन्द

मिथिलामा रामजन्मोत्सव धुमधामका साथ मनाइँदै

महोत्तरी । मिथिलाञ्चलमा आज विविध धार्मिक अनुष्ठान गरेर रामजन्मोत्सव धुमधामका

परम्परा तोड्दै ‘कोर्ट म्यारिज’ प्रति आकर्षण बढ्दो

काठमाडौं । यही चैत ११ गतेका दिन कालो जिन्सको ज्याकेट

शैक्षिक गुणस्तर सुधार्न विद्यालयमा पूर्वाधार विकास

सिरहा । यहाँको लहान नगरपालिका-८ स्थित सिद्धार्थ आधारभूत विद्यालयमा बिहीबार

बाह्र वर्षपछि दोदा नदीमा पुल निर्माण

दोधारा चाँदनी । कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका जोड्ने दोदा