१३ चैत्र २०८२, शुक्रबार | March 27, 2026

घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी भएकालाई पोखरा पठाइयो



बागलुङ । गलकोट नगरपालिकामा घरेलु रक्सी सेवन गरी गम्भीर बिरामी परेका दुई जनालाई पोखरा पठाइएको छ ।

धौलागिरि अस्पतालमा उपचाररत रहेका रोल्पा सुनिल स्मृति गाउँपालिका–५ गजुलका ३८ वर्षीय खेमराज घर्ती र २६ वर्षीय रविन पुनलाई थप उपचारका लागि पोखरास्थित गण्डकी अस्पताल पोखरा पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्र बी पोखरेलले जानकारी दिए ।

दुवैको मिर्गौलामा असर पु-याएको जनाइएको छ । नगरपालिकामा मजदुरी गर्दै आएका चारजना मजदूरको भने आज बिहान मदिरा सेवन गरेका कारण ज्यान गएको थियो । उनीहरुको चार जनाको धौलागिरि अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो ।

रोल्पा सुनिल स्मृति गाउँपालिका–५ का २१ वर्षीय दीपेन्द्र पुन, सोही स्थानका ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षीय रेखबहादुर राना र ३० वर्षीय प्रवीन घर्तीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक इकवाल हवारीले जानकारी दिए । प्रहरीले मदिरा पसल सञ्चालक तथा पसलका खाद्य सामग्री नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  १२ : ५६ बजे

शिक्षा मन्त्री सस्मित पोखरेल बने सरकारका प्रवक्ता

काठमाडौं । बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषदले सरकारको प्रवक्तामा शिक्षा मन्त्री

परराष्ट्र नीतिमा परिवर्तन हुँदैन : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री शिशिर खनालले सरकार परिवर्तन वा नयाँ

पदभारलगत्तै प्रधानमन्त्री शाहद्वारा मन्त्री र सचिवहरुलाई निर्देशन

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदबारस्थित पदभार ग्रहणलगत्तै मन्त्री

दोलखाको लाप्चा क्षेत्रमा मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

काठमाडौं । काठमाडौंबाट दोलखाको लाप्चातर्फ उडेको मुस्ताङ एयरको हेलिकोप्टर सम्पर्कविहीन

सरकारका निर्णय कार्यान्वयन गर्दिन भन्ने छुट कसैलाई छैन : गृहमन्त्री गुरुङ

काठमाडौँ । नवनियुक्त गृहमन्त्री सुधन गुरुङले सेवा प्रवाहलाई सहज बनाउँदै