२१ माघ २०८२, बुधबार | February 4, 2026

ऐतिहासिक दस्तावेज नष्ट हुने खतरा



काठमाडौं । राष्ट्रिय किताबखाना (निजामती)मा रहेका राणाकालीन दस्तावेजको उचित संरक्षण हुन सकेको छैन ।

निजामती थमौती, सैनिक कमान्डरीसम्बन्धी मिसल, सेनासम्बन्धी पुराना इस्तिहारलगायतका सामग्री किताबखानामा छ । २०७२ सालको भूकम्पले हरिहर भवन भत्किएपछि त्यहाँ रहेका ऐतिहासिक दस्तावेजलाई त्यही परिसरमा प्रिफ्याबको संरचनाभित्र राखिएका छन् । तिनलाई सुरक्षित राख्न उपचार विधि प्रयोग गरिएको छैन ।

यसले गर्दा कतिपय दस्तावेज धुजाधुजा भइसकेको छ भने ओसले गर्दा कतिपयमा लेखिएका अक्षर मेटिन थालिसकेका छन् । चिस्यानले गर्दा तिनलाई मोड्न प्रयोग गरिएका छाला कुहिन थालिसकेका छन् भने धेरैका अक्षर उड्न थालेको अवस्था छ । कतिपय इस्तिहारलाई मुसाले खाएको छ । खोजकर्ताहरूका लागि त्यहाँ भएका दस्तावेज महìवपूर्ण स्रोतका रूपमा प्रयोग हुन सक्दछ ।

किताबखानाका महानिर्देशक नेत्रप्रसाद सुवेदीले ती अभिलेख संरक्षण गर्ने दायित्व आफूहरूको भएको बताउँदै भने, “यतिसम्म सुरक्षित राख्ने प्रयास गरेका छौँ । तैपनि चिस्यान लगायतका समस्या छन् । दीर्घकालीन रूपमा यिनलाई जोगाउन संरक्षण गर्ने निकायसँग सहकार्य जरुरी देखिएको छ । त्यसैले संरक्षण गर्ने निकायलाई हस्तान्तरण गर्न तयार छौँ ।”

वि.सं.२००२ सम्मको निजामती थमौती (कर्मचारी सिटरोल) राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यसपछिका सिटरोल किताबखानामा राखिएका छन् । राणाकालीन निजामती थमौती राखिएको कोठामा ०१६/१७ सालसम्मका सिटरोल राखिएका छन् । २००२ सालभन्दा अगाडिका कतिपय निजामती थमौतीका ढड्डा पनि किताबखानामा छ । सो कोठामा पुराना किताबका साथै स्थान अभावका कारण कर्मचारीहरूको सम्पत्ति विवरणका खाम पनि राखिएका छन् । त्यो बेलाका सैनिकका सिटरोल, सेनासम्बन्धी विभिन्न इस्तिहार, राणाकालीन कर्मचारीहरूका तस्बिर आदि पनि फेला पर्छ ।

केही वर्षअघि तिनलाई राष्ट्रिय अभिलेखालयमा ल्याउने लगभग तयारी भइसकेको थियो तर किताबखानाका तत्कालीन महानिर्देशकको सरुवा भएपछि सो योजना अगाडि बढ्न सकेको थिएन । केही वर्षअघि एक जना अन्वेषकले हरेक दिन किताबखानामा पुगेर सात दशकअघिका ती सिटरोललाई सिलसिलेवार रूपमा राखिदिएका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ७ : १७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता