१ पुस २०८२, मंगलबार | December 16, 2025

आज ४३ औं पुष्पलाल स्मृति दिवस



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापकमहासचिव पुष्पलाल श्रेष्ठको ४३ औँ स्मृति दिवस आज मनाइँदै छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका पुष्पलालको २०३५ साल साउन ७ गते निधन भएको थियो ।

नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर नागरिकको स्वतन्त्रताका लागि संघर्ष गरेका थिए । पुष्पलालले विसं। २००६ वैशाख १० गते नर बहादुर निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठसँग मिलेर नेपालमा कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए । उनले स्थापना गरेको नेपालमा कम्युनिस्ट पार्टी विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिस्ट पार्टी बनेका छन् ।

उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपाली अनुवाद गरी प्रकाशन गरे । वि.सं. १९८१ असार १५ गते रामेछापको भँगेरीमा पुष्पलालको जन्म भएको थियो ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ८ : ३५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज