२१ माघ २०८२, बुधबार | February 4, 2026

टेकुमा कोभिड १९ विरुद्धको खोप प्रमाणीकरणमा भीड, विदेश जानेलाई सास्ती



काठमाडौं । सप्तरीका ४५ वर्षीय रामप्रित सदा र उनकै साथी अवस्थी सदाको शुक्रबार राति १० बजे साउदीको उडान छ ।

उडानअघि उनलाई जोन्सोनको खोप लगाउनु र खोप लगाएको प्रमाणपत्र तयारी गर्नुछ । यो कामका लागि उनी दुई दिनअघि नै सप्तरीबाट काठमाडौं आएका हुन ।

सदा बिहीबार दिनभरि राजधानीका तीनवटा खोप केन्द्रमा पालैसँग लाइन बसे। तर सबै ठाउँमा खोप लगाउन पाएनन । कारण उनको पालो आउनुअघि नै खोप सकियो । त्यसपछि सदा, उनको साथी अवस्थी सदासहित तीनजना शुक्रराज सरुवा अस्पतालमा पुगे । टेकु पुग्दा पनि खोप लगाउने लाइन सकिएको थियो ।

उनीहरू तीनैजना यो अस्पतालमा दिउँसो भेटिएका थिए। खोप नपाएपछि उनीहरू दुवै काम स्थगित गरेर बसिरहेको गौशाला होटेलमा फर्किने तयारीमा थिए । ‘आज तीन ठाउँ पुग्यौं, खोप कतै लगाउन पाएनौं, भोलि विहान ७ बजे आउनु भनेका छन् ’ उनले भने । तर उनीहरू तीनै जना भोलि खोप लगाउन पाइने हो कि होइन  ? खोप पाइहालेपनि भोलि नै हजारौैको लामो लाइन छिचालेर खोप प्रमणीकरण पत्र पाइएला किन नपाइला  ? मनमा दोधार बोकेर फर्किन लागेको बताए । ‘भोलि खोप मिलेन भने हाम्रो जहाज छुट्छ,’ रामप्रितले भने ।

शुक्रबार नै अफगानिस्तानका लागि उडान तयार भएका पोखराका सुनिल गुरुङ र पोल्याण्ड हिँडेका म्याग्दीका तेजबहादुर थापा पनि टेकु अस्पतालमा उस्तै चिन्तामा देखिए । उनीहरूलाई शुक्रबार दिनभरिमा पिसिआर गर्ने र खोप प्रमाणीकरण गर्नु र्ने छ । बिहिवार दिनभर लाइन बसे पनि खोप प्रमाणीकरण हुन सकेन । बिहीबार टेकु अस्पताल पुगे पनि हजारौंको लाइन देखेपछि प्रमाणीकरण पाउने स्थिति नदेखेर उनीहरू फर्किने तरखरमा थिए ।

केही महिनापछि अमेरिका जाने तयारीमा रहेका विराटनगरका सरोज कटुवाल खोप लगाएर प्रमाणीकरण कागज लिन तीन दिनअघि काठमाडौं आएका हुन । बुधवार वीर अस्पतालमा तीन घण्टा लाइन बसेपछि खोप लगाउन पाए । बिहिवार ३ बजे प्रमाणीकरण कागज लिन टेकु अस्पतालमा लाइन बसेको १२ घण्टापछि उनको पालो आयो र कोभिड खोप प्रमाणीकरण पत्र पाए । तर उनले खोप लगाउन र यो काजग लिनको लागि पाएको दुःख मनभरि बोकेर विराटनगर फर्किने सुरमा थिए । ‘लाइन पर्खिंदा अहिलेसम्म खाना खाएको छैन,’ उनले भने । प्रमाणीकरण पत्रको लागि ३ सयको बिल काट्न छुट्टै लाइन र बिल लिइसकेपछि पत्र लिनको लागि बस्नुपर्ने छुट्टै लाइनमा पाएको सास्ती उनले कहिल्यै नभुल्ने क्षण भएको बताए ।

धेरैजनाको भीड भएपछि बुधबार र बिहीबार सेवा दिनको लागि सेवा अवधिको समय थप गरिएको अस्पतालका प्रमुख डा. अनुप बाँस्तोलाले बताए । ‘अहिले पनि मेरो वरपर १५ जना युवा हुनुहुन्छ, उहाँहरूलाई सेवा दिएर मात्र पठाउने तयारी गरेका छौं,’ बाँस्तोलाले बिहीबार साँझ भने । उपत्यकामा कोरोना संक्रमण बढिरहेको बेलामा अस्पतालमा सेवाग्राही दिने अस्पतालमा भीडभाड हुनु जोखिमपूर्ण अवस्था रहेको डा. बाँस्तोला बताउँछन । यो समाचार आजको नागरिक दैनिकमा पवित्रा सुनारले लेखेका छन ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : २० बजे

विसं २०८३ को पात्रो (पञ्चाङ्ग) फागुन २ गतेदेखि बजारमा आउने

काठमाडौं । विसं २०८३ को पात्रो (पञ्चाङ्ग) आगामी फागुन २

‘सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धन’ काठमाडौं-८ का उम्मेदवारको मुख्य मुद्दा

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र

अस्थायी मतदाताका निम्ति बाँकेमा तीन केन्द्र

नेपालगन्ज । जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि तीन मतदान

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ

भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

बैतडी । बैतडीमा एक जना निर्वाचन प्रहरीको भिरबाट लडेर मृत्युु