२१ चैत्र २०८२, शनिबार | April 4, 2026

एमाले उपाध्यक्ष भीम रावलले लिए प्रतिनिधिसभा सदस्यको राजीनामा फिर्ता



काठमाडौं । एमाले पार्टी भित्र आन्तरिक दवाव बढेपछि अन्ततः एमाले उपाध्यक्ष भीम रावलले आफुले प्रतिनिधिसभा सदस्यबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार संसद सचिवालय पगेर उनले सभामुख अग्नि सापकोटाबाट आफुले दिएको राजीनामा फिर्ता लिएका हुन् ।

आफ्नो निर्वाचन क्षेत्रका मतदाता, आमजनता र पार्टी सदस्यहरुको आग्रहलाई सम्मान गर्दै आफूले राजीनामा फिर्ता लिएको रावलले जनाएका छन् । औपचारीकरुपमा संसद सचिवालयमा राजीनामा बुझाएर पनि फिर्ता माग्नु परेको भन्दै उनले सभामुख सापकोटासँग माफी समेत मागेका छन् । राजीनामा फिर्ता लिनु परेकोमा सभामुखलाई ‘सरी’ भन्दै आफुले राजीनामा फिर्ता लिएको रावलले जानकारी गराए ।

गत साउन ३ गते प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मतमा मतदान दिनु अघि रावलले प्रतिनिधिसभा सदस्यबाट राजीनामा दिने घोषणा गरेका थिए ।

रावलले राजीनामा दिँदा राजनीतिमा घृणित राजनीतिक खेलबाट आफूलाई अलग राख्नु श्रेयस्कर ठानेर राजीनामा दिएको बताएका थिए । एमाले उपाध्यक्ष रावल अछाम निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

रावललाई राजीनामा फिर्ता लिन एमालेका दुबै पक्षले आग्रह गर्दै आएका थिए । एमाले अध्यक्ष केपी ओलीले केन्द्रीय समिति बैठकमै रावललाई राजीनामा फिर्ता लिन आग्रह गरेका थिए भने माधव नेपालले पनि उनकै निवास पुगेर राजीनामा फिर्ता गरेर पुर्ववतः सक्रिय हुन आग्रह गरेका थिए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : १५ बजे

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड

सन्तुलित परराष्ट्र सम्बन्ध विस्तारमा मन्त्री खनालको जोड काठमाडौं । परराष्ट्रमन्त्री

पचास प्रतिशत सहकारीले पनि बुझाउँदैनन् नियमित प्रतिवेदन

काठमाडौँ । काठमाडौँ महानगरपालिका भित्र करिब एक हजार ९०० सहकारी

आज अन्तरराष्ट्रिय बारूदी सुरुङ सचेतना तथा निवारण सहयोग दिवस मनाइँदै

काठमाडौं । बारूदी सुरुङ तथा युद्धका विस्फोटक अवशेषबाट उत्पन्न जोखिमप्रति

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू