१ पुस २०८२, मंगलबार | December 16, 2025

भोलिदेखि लामो र मध्यम दूरीका यातायात संचालन हुने



काठमाडौं । भोलिदेखि लामो र मध्यमदूरीका सार्वजनिक यातायात संचालनमा आउने भएका छन् ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले हाल जारी निषेधज्ञालाई अझ खुकुलो बनाउँदै सार्वजनिक यातायात खुला गर्ने निर्णय गरेको हो । यसअघि लामो दूरीको यातायात खुल्छ भने पनि खुला गरिएको थिएन ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयले शुक्रबार सूचना जारी गर्दै त्रिभुवन विश्वविद्यालय र लोक सेवा आयोगका परीक्षाका कार्यक्रम सार्वजनिक भएका कारण परीक्षार्थीको आवागमनलाई सहज बनाउन यस्तो निर्णय लिइएको जनाएको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकले लामो दूरीको यातायात खुला गर्ने निर्णय गरेको थियो ।

सूचनामा उपत्यकाका सबै यातायात व्यवसायीलाई जनस्वास्थ्य मापदण्ड पूर्ण पालना गर्न आग्रह गरेको छ । यस्तै लामो दूरीमा यात्रा गर्ने हरेक यात्रुलाई टिकट काउन्टरबाट टिकर खरिद गरेर मात्र यात्रा गर्न आग्रह गरेको छ ।

 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : १२ बजे

एडिबीबाट १४ अर्ब ३८ करोड सहुलियत ऋण स्वीकार गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौँ । सरकारले सार्वजनिक वित्त व्यवस्थापन र हस्तान्तरणसम्बन्धी कार्यक्रमका लागि

एमाले महाधिवेशन : ११ केन्द्रीय सदस्य सर्वसम्मत, दुईको खारेजी र १५ जनाको उम्मेदवारी फिर्ता

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा