८ बैशाख २०८१, शनिबार | April 20, 2024

पाल्पा रिब्दीकोटमा चिरन्जिवी राना मृत अवस्थामा फेला परे



पाल्पा । पाल्पा रिब्दीकोट ठिमुरेका एक युवा मृत अवस्थामा फेला परेका छन् । रिब्दीकोट ठिमुरेका ३५ वर्षिय चिरन्जिवी राना गाँउ नजिकैको खोल्सामा मृत अवस्थामा फेला परेका हुन् ।

बिहिबारबाट हराईरहेका उनलाई आज साँझ ६ बजेको समयमा स्थानीयले रक्सी पार्ने गैरा भन्ने खोल्सामा मृ अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको सूचनाका आधारमा मृतक रानाको शव उठाएर प्रहरीले पोष्टमार्टमाका लागि जिल्ला अस्पताल पठाएको पाल्पा प्रहरीले जनाएको छ ।

बिहिबार साँझ सोतर लिन घर नजिककैको जङ्ल परेका राना शुक्रबार मध्यान्ह सम्म नफर्केपछि गाँउलेहरु खोजतलासमा निस्केका थिए । गाँउलेहरुको सूचनाका आधारमा प्रहरी घटना स्थल पुगेर अनुसन्धान शुरु गरिसकेको पाल्पा प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रामेश्वर त्वातीले बताए ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ७ : ०४ बजे

हामीलाई कसैले कमजोर ठान्ने उथलपुथल हुन्छ : माधव नेपाल

राैतहट । नेकपा एकिकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण

म्याग्दी । विसं २०८० मा ३१ हजारभन्दा बढी विदेशी पर्यटकले

६८ लाखको लागतमा प्रशासनिक भवन निर्माण

टीकापुर । टीकापुर नगरपालिका वडा नं. ७ को प्रशासनिक भवन